नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 396 · वि.सं. २०२५

नि.नं. 396 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दण्ड सजायको २६ नं.– धन खाने १२ वर्ष देखि माथिका मानु नछुट्टी संग बसेका वा धन खाँदा संग बसेको पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने । हालको दण्ड सजायको २६ नं. मा त्यो धन खाने १२ वर्ष देखि माथिका ऐनबमोजिम मानु नछुट्टि संगै बसेका वा त्यो धन खाँदा संगै बसेका पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने व्यवस्था भएको र सो ऋण आफूले बेहोर्नु नपर्ने कानूनबमोजिमको त्यस्तो कुनै लिखत सबुद दिन वा त्यस्तो अवस्था भएको देखाउन समेत निज दुर्गाकुमारीले नसकेकीले उक्त जिकीरसम्मबाट फुर्सद पाउन नसक्ने समेत हुँदा वादी दावीको धन खाँदा लोग्ने ख.हेमराजको संगमा बसेकी अंशियार निज दुर्गाकुमारी समेतले उक्त दण्ड सजायको २६ नं. बमोजिम सो ऋण तिर्नु बेहोर्नु पर्ने प्रष्टै छ ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.396
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2024/10/12
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 396
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्