नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 415 · वि.सं. २०२५
नि.नं. 415 — अदालत अपहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तोमा अदालतको अपहेलना सम्बन्धमा कारवाई गर्न नपर्ने ? आज एक्स्पर्ट न्यायाधीश हुनु भएको भए मेरो शारीरिक अवस्थामा विचार गरी मुद्दा स्थगीत गरिने थियो । शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भए यस प्रकारको शारीरिक कमजोरी विद्यमान हुदाहुदै पनि बहस गर्न वाध्य गरिने थिएन भन्ने मेरो मनमा त्यसबेला सम्झिएको मनसाय हो । मैले अभिब्यक्त गरेको वाक्यांश अपहेलनाजन्य छैन । ती शब्दहरू मैले दर्शाएअनुसारको सन्दर्भ, पृष्टभूमि तथा विषयमा उल्लेखित अनुसार उच्चारण गरेको हुँ । त्यो मेरो मनोवैज्ञानिक कारण, उद्वेग अभिव्यक्ति हो । ती शब्दहरू मैले होच्याउने प्रवृतिले भनेको होइन । मबाट अदालतको अपहेलनाको क्रिया भएको छैन । अपहेलनाजन्य क्रिया मबाट न कहिल्यै भएको छ, न कहिल्यै हुने नै छ भन्ने समेत लेखिएको र प्रतिवादीतर्फको विद्वान अधिवक्ता श्री रामराजाप्रसाद सिंहले आफ्नो बहसको सिलसिलामा पनि शारीरिक कमजोरीले असमर्थताको आफ्नो अवस्था हुँदा एक्सपर्ट न्यायाधीश भएको भए भन्ने वाक्य प्रयोग भएको शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भन्ने मनसायले हो । सर्वोच्च अदालतको अपहेलना गर्ने नियतले भनेको होइन भनी भन्नु भएकोले यसमा अदालतको अपहलनातर्फ कारवाई गर्नु पर्दैन । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 415 |
|---|---|
| मुद्दाको विषय | अदालत अपहेलना |
| निर्णय वर्ष / मिति | 2025/03/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 415 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
