नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 414 · वि.सं. २०२५

नि.नं. 414 — बाहाल भराई घरबाट उठाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. “जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक” भन्ने वाक्यांश फार्छेपत्रमा उल्लेख भए सो जग्गालाई बाहेक गरेको प्रष्ट देखिने–यस्तो जग्गै बाहेक भएको र त्यसमा बनेको घर समेत बिक्रि गरेको फार्छेपत्रमा उल्लेख नभएमा–फार्छे गरी लिनेको हक भएको भन्न नमिल्ने । ०१७।३०।३ मा रजिष्ट्रेशन पास भएको फार्छेपत्रमा मेरै रैकर जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक भन्ने वाक्यांशबाट मिल जडान गरेको जग्गालाई बाहेक गरेको प्रष्ट देखिन आउँछ । मिल जग्गामा जडान भएको सो जग्गै बाहेक भएको र उसमा बनेको घर समेत बिक्रि भएको भन्ने फार्छेमा उल्लेख नभएकोले सो मिल जडान भएको घर फार्छेपत्रबाट प्रतिवादीको हक भईसकेको भन्न मिल्दैन (प्रकरण नं. १५) (२) कस्तोमा घरको हर्जाना वहालको दावा पुग्न नसक्ने ? ..उठाई लैजाने अवधि फार्छेपत्रमा नतोकेमा अघि बहाल नमागेमा अरुको भोगचलन भएको केही महिना पछि मात्र हर्जाना वहालको दावा गरेमा मानिस नबसी हाल सामान रहेको घरको वहाल दिने कुनै शर्त कबुलियत पेश गर्दा नसके घरको हर्जाना वहाल पाउँ भन्ने नेवर्न पुग्न नसक्ने । घरको हर्जाना बाहाल दिलाइ पाउँ भन्ने वादीको दावाको हकमा यति अवधि भित्र उठाई लैजाने भन्ने फार्छेपत्रमा अवधि नतोकिएको र अघि हरीबहादुरसँग वाहाल मागेको थिएँ भन्नेसम्म पनि वादीमा उल्लेख नभएको । हरीबहादुरले पुष्परत्नलाई उक्त राईस मिल ०१८।३।१८।१ मा फार्छेपत्र लेखी ०१८।३।१९।२ मा रजिष्ट्रेशन पास गरी दिई पुष्परत्नको भोग चलन भए पछि हर्जाना वाहाल दिलाई पाउँ भन्ने ०१८।६।१०।३ मात्र वादीले दावा गरेकोमा निज रहे बसेको नभई राइस मिलको माल समान रहेको सो घरको वाहाल लिने दिने कुनै शर्त कबुलियत वादीले पेश गर्न नसकेको हुँदा घरको हर्जाना वाहाल पाउँ भन्ने वादीको दावा पुग्न सक्तैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.414
मुद्दाको विषयबाहाल भराई घरबाट उठाई पाउँ
निर्णय वर्ष / मिति2025/02/25
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्