नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 399 · वि.सं. २०२५

नि.नं. 399 — हरहिसाब

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कबुलियत कागज लेख्दा वतन नलेखेको, प्रतिवादीले सो कागज फलाना ठाउँमा लेखिएको भन्ने प्रमाण जनाउन नसकेको, वादीले प्रतिवादीको वतन लेखी राखेको देखिएमा कबुलियत सोहि बतन ठेगानामा लेखिएको मान्नु पर्ने । मजकुर साहेबको घरको पहिलो तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्नेसम्म लेखिएको । कहाँको घर हो ? सो प्रतिवादीहरूको वतन सो कागजमा खुलाएको नदेखिएको भए पनि प्रतिवादीहरूको जग्गा भएको मोरङ जिल्ला भई सो कागज लेखिएको हो भन्ने वादी पक्षले नै जिकीर लिन, प्रमाण दिन नसकेको र प्रस्तुत मुद्दाकै फिरादपत्रमा स्वयं वादीले नै प्रतिवादीहरूको घर का.ई.ज्ञानेश्वर लेखी राखेको समेत देखिएकोले उक्त ठेक कबुलियत प्रतिवादीहरूको का.ई.ज्ञानेश्वरकै घर बैठकमा बसी लेखिएको मान्नु पर्ने हुन आउँछ । (प्रकरण नं. ७) (२) कबुलियत लेखिएको र प्रतिवादी रहे बसेको इलाका एकै देखिएमा सो इलाकाको अदालतमा मुद्दा दायर हुने नै । अतः उक्त ०६।४।३० को ठेक कबुलियत लेखिएको र प्रतिवादीहरू रहे बसेको ईलाका समेत काठमाडौ नै भए पछि अ.ब.२९ नं को देहाय २ दफाबमोजिम प्रस्तुत मुद्दा काठमाडौ जिल्ला अदालतबाटै हेर्नु पर्ने प्रष्टै हुँदा काठमाडौं जिल्ला अदालतबाट हेनुपर्ने भनी ०२४।५।२६।२ को डिभिजन बेञ्चको मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहले व्यक्त गर्नु भएको रायसँग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.399
मुद्दाको विषयहरहिसाब
निर्णय वर्ष / मिति2024/08/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 399
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्