नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 403 · वि.सं. २०२५

नि.नं. 403 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बिन्तिपत्रको व्यहोरा नै झुठा ठहरेमा बकस भएको हुकुम प्रमांगीको सुविधा पाउन नसक्ने। कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी श्री ज.कल्याण शम्शेरले लिएको रुपैया नतिरेकाले कोर्टफी समेत नराखी सर्वोच्च अदालतमै नालेस दिन पाउने गरी पाउँ भनी हस्साराम तेजुमलले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र मौसुफका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए कोर्टफी पछि लिने गरी हाल वाँडफाँडबाट नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने लेखिएको समेत रहेछ । वादी दावीको लिखतमा काठमाडौं थापाथली स्थित प्रतिवादीको घर जग्गा लिने दिने गरी कारोवार भएको कुरा उल्लेख भएको । सो रुपैया नेपालको सरहदमा तिरौंला भन्ने शर्त लेखिएको नै देखिएको । नेपालमा तिर्ने गरी लिएको भनी बिन्ति चढाएको व्यहोरा नै साँचो देखिन नआएको हुँदा बक्स भएको उक्त हुकुम प्रमांगीको सुविधा पाउन सक्ने भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.403
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2024/09/28
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 403
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्