§ मिति २०३३।९।२ मा विवादको लिखत भएको देखिन्छ । सो लिखत हुंदाका वखत वहाल रहेको लेनदेन व्यवहारको १० नं. मा “आफूले आर्जेको भए संग वस्नेको मन्जुरी लिनु पर्दैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीको दाता नन्दन प्रसादले मिति २०२५।१२।१८ मा विवादित जग्गा राजिनामा गरि…
§ निर्णय पर्चाको व्यहोरामा टिप्पणी पेशभै टिप्पणी सदर गरेको भन्ने नदेखिएको निर्णय पर्चा भन्ने सम्म उल्लेख भएको, तथ्यको टिपोट गर्दै के कस्तो सवुदको आधारमा भनी विभागीय कारवाही सम्वन्धी कागजपत्र जिम्मा राख्नेले टिप्पणी पेश गरे झै पेश गर्ने भन्ने सम्म उल्लेख भै पेश…
§ स्पष्टीकरण माग्नुको प्रयोजन आरोप लागेको व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गर्नु हुने र अख्तियार प्राप्त अधिकारी वाहेक अन्य अधिकारीले सोधेको स्पष्टीकरणले कानूनी मान्यता प्राप्त गर्ने नभै सुन्यको स्थितिमा रहने साथै वढी स्पष्टीकरण माग गर्दैमा निव…
§ निवेदकको प्रहरी नियमावली, २०३३ को नियम ९(६) वमोजिम आरोपको सम्वन्धमा एउटा स्पष्टीकरण माग गर्नुपर्ने र सजाय अर्को स्पष्टीकरणमा प्रस्तावित गर्नुपर्ने भन्ने जिकिर भएको, प्रहरी नियमावली, २०३३ को नियम ९(६) को कानूनी व्यवस्था हेर्दा प्रहरी कर्मचारीलाई सजाय गर्दा…
§ लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए वमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका २०५१ को परिच्छेद ३ निर्देशन नं. ५ मा पदपुर्तिको लागि विज्ञापन गर्दा ६ महिना सम्मको अस्थायी नियुक्तिका लागि घटीमा १५ दिनको र सो भन्दा वढी अवधिको अस्थायी वा स्थायी पदका ला…
§ प्रतिवादीले किनेको सामानमा १५ प्रतिशत भन्दा वढी मुनाफा हुने गरी खरीद गरेको सवूद ठोस प्रमाण दाखिल पेश गर्न वादीले सकेको नहुंदा यस्मा पुनरावेदन अदालतबाट प्रतिवादी उक्त बहादुर वि.के. ले चोरीको सामान जानी जानी सयकडा १५ प्रतिशत भन्दा वढी नाफा हुने गरी खरिद गरि लि…
§ कार्य लगाउने कार्यालय वा संस्थाले तोकिए मुताविकको कार्य सम्पन्न भए नभएको जांची हेरी नभए गर्न लगाउन र त्यसरी पुनः गर्न लगाउंदा कार्य सम्पन्न हुन नगएमा लगानी भएको रकम असुल उपर तर्फ आबश्यक कार्यवाही गर्न सक्ने नै हुंदा तोकिएको कार्य सम्पन्न गरी सकेको विल भर्पाइ…
§ करणीकै जरियाबाट भुपरीको प्रतिवादीहरुले हत्या गरेको भन्ने मुद्दाको सम्पूर्ण तथ्यबाट पुष्टि भएको देखिन्छ । मौकाको सावितीलाई प्रहरीले नै त्यस्तो साविती व्यहोरा लेखि सहि गराएको भन्ने प्रतिवादीहरुले जिकिर लिएकोमा पनि आफूहरुले सो साविती कागजमा सहि गरेको कार्यलाई…
§ ३५ वर्ष नाघेकी अविवाहिता सुर कुमारी वादी प्रतिवादी कै नजिकको अंशियार भन्ने अवस्थाकी देखिएकोले निजको हकभोगको सम्पत्ति खान पाउने समान्स्तरका अंशियार वादी प्रतिवादी देखिन आएका छन् । वादी प्रतिवादी मध्ये एक जनाको मात्र सुर कुमारी मरी परेको अपुतालीमा हक पुग्ने भन…
§ अंशवण्डाको लिखन नभए पनि व्यवहार प्रमाणबाट वादी शारदानाथ प्रतिवादी सुवर्ण प्रसाद र आमा देवकुमारीबाट अघिने वेगल भई सकेको तथ्य प्रमाणित हुन आएवाट वादी दावी नपुग्ने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १०)
§ भुक्तानी लिने काम यो ऐन प्रारम्भ भएपछि पनि भएको यस्तो अवस्था विलको मिति अर्थात विक्री भएको मितिबाट रकम फिर्ता पाउन १ वर्ष भित्र आवेदन गर्नु भन्ने उक्त नयां ऐनको व्यवस्था भुतलक्षी नभएको काम कारवाही भएका वखत वहाल रहेका कानून अनुसार हुनुपर्ने समेतका कारणले नमिल…
§ निवेदकले गरी दिएको तमसुक र अख्त्यारनामा वमोजिम भएको कारोवारबाट बैंकलाई तिर्नु पर्ने कर्जा रकम असूल गर्न वाणिज्य बैंक ऐन, २०३१ वमोजिम सूचना प्रकाशित गरी गरेको काम कारवाहीबाट निवेदकको हक हितमा आघात पर्न गएको भन्ने अवस्था नहुने । (प्र.नं. ११)
§ यी दुवै पक्ष अंशियार हुन भन्ने कुरामा कुनै विवाद देखिंदैन र भारतमा भएको अचल सम्पत्ति सगोलमा रहेको र कोही भारतमै वसी व्यवहार गर्ने र कोही नेपालमा आई वसोवास आर्जन गरी व्यवहार गरी आएका रहेछन भन्ने देखिन आउंछ । भारतमा भएको अचल सम्पत्ति निजहरुले आपसमा वण्डा गरी अ…
§ वादी तिलक बहादुर शाहलाई प्रतिवादी शेर बहादुर शाहले लिखत गरी राजिनामा गरी दिएको जग्गा पुनः निज प्रतिवादी शेर बहदुरले नै सोही जग्गा कृषि विकास बैंक बाजुरा मार्तडीमा धितोमा राखी कृषि विकास बैंकको पत्रानुसार माल कार्यालय, बाजुरा मार्तडीबाट रवक्का रहेको जग्गा फुक…
§ भविश्यमा अर्थात एक आर्थिक वर्ष पछि खाली हुने पदलाई खाली सम्झी सूचना प्रकाशित गरी बढुवा गर्ने गरिएको प्रकृयालाई कानून अनुरुप भन्न नमिल्ने । (प्र.नं. ९)
§ परीक्षामा संलग्न उम्मेदवारलाई परीक्षा रद्द गर्नु भन्दा पहिले सुनुवाईको मौका दिनुपर्छ भन्ने निवेदन जिकिरको कुरा पनि यसक्तिसंगत र व्यवहारिक देखिन आउंदैन । कुनै व्यक्तिलाई दोषी ठहराउंदा वा निजको प्रतिकूल निर्णिय गर्दा अपनाउनु पर्ने प्राकृतिक न्याय सिद्धान्तको न…
§ तल्लो अड्डा अदालतले गरेको निर्णमा पुनरावेदन तहबाट इन्साफ हुंदा तात्विक भिन्नता (Material Difference) नहुने गरी सदर इन्साफ भएको खण्डमा मात्र पुनरावेदन नलाग्ने भन्ने हो तर प्रस्तुत विवादको विषयमा त्यसो नभै प्रतिवाद नगर्ने प्रतिवादीका हकमा शुरु भूमिसुधार कार्या…
§ सर्वोच्च विधायिकाले मात्र विशष भत्ता पाउने भन्ने व्यवस्था नदेखिंदा राष्ट्रिय मंचायत सर्वोच्च विधायिका हो, होइन भन्ने प्रश्नको निरोपण गर्न पर्ने सान्दर्भिकता नदेखिने । § समानताको हक वा कानूनो समान संरक्षण भन्ने पदावली भित्र शारीरिक रुपमा असम्भव हुने वा सामा…
भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा ३५ मा भएको व्यवस्था हेर्दा प्रचलित अन्य नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुमा लेखिएकोमा सवही वमोजिम हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट भ्रष्ट्राचार निवारण ऐनमा ले…
नापी नक्सा भै सकेपछि श्रेस्ता तयार नहुंदै लिनुदिनु गरेको जग्गाको चार किल्ला र नाउं समेत उल्लेख गरी रजिष्ट्रेशन भएको जग्गालाई पछि दर्ता प्रमाण पूर्जा प्राप्त भएपछि सो जग्गा होइन अर्कै जग्गा विक्री गरको हो भनी प्रतिवादीले एकपटक राजिनामा गरिदिएको जग्गालाई यो हो…
कानून वमोजिम पारीत लखित वेगर घरसारको राजिनामा लखितबाट कसैलाई अचल सम्पत्तीको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षौ सम्म आफ्नो भोग कब्जामा लिइराखेको हुन सक्छ वा अर्को अर्थमा लिन सक्ने भएको हुन सक्छ तर त्यस्तो भ…
वादीले दावी लिएको जग्गाको दर्ता श्रेस्ता प्राप्त गर्न सकेको देखिदैन । कुनै पनि जग्गाको दर्ता श्रेस्ता प्रमाणित रुपमा सो जग्गाको धनी भनी दावी गर्नेले प्राप्त गरेकै हुनुपर्दछ । अन्यथा सो जग्गाको विधिवतः हक स्थापित जग्गाधनी मान्न नमिल्ने । (प्र.नं. १०) मालपोत क…
वाली बुझाउंदा भरपाई लिनु पेर्ने वाध्यता कानूनले नै निर्देशित गरेकोमा भरपाई नलिइ वाली साक्षीहरुको रोहवरमा बुझाएको भन्ने जिकिरबाट वाली बुझाइएको मान्न मिल्दैन मौखिक रुपमा जिकिर लिदैमा वाली बुझाई सकेको मान्न सकिदैन । यस स्थितिमा भुमि सम्बन्धी ऐनको दपा २९(१) मा दैव…