नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6517 · वि.सं. २०५५
नि.नं. 6517 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकको प्रहरी नियमावली, २०३३ को नियम ९(६) वमोजिम आरोपको सम्वन्धमा एउटा स्पष्टीकरण माग गर्नुपर्ने र सजाय अर्को स्पष्टीकरणमा प्रस्तावित गर्नुपर्ने भन्ने जिकिर भएको, प्रहरी नियमावली, २०३३ को नियम ९(६) को कानूनी व्यवस्था हेर्दा प्रहरी कर्मचारीलाई सजाय गर्दा आरोप प्रस्तावित गरी एउटा स्पष्टीकरण र सजाय प्रस्ताव गरी अर्को स्पष्टीकरण सोध्नु पर्ने भन्ने कानूनी व्यवस्था नभएको, एक पटक स्पष्टीकरण माग गर्नुपर्ने व्यवस्था भएको र सो वमोजिम अख्तियार प्राप्त निकाय गृह मन्त्रालयवाटै स्पष्टीकरण समेत लिई कारवाही गरेको कानून अनुरुप नै देखिंदा निवेदन माग वमोजिमको आदेश जारी गर्न मिल्ने अवस्था भएन । प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6517 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2054/09/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6517 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
