नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6510 · वि.सं. २०५५

नि.नं. 6510 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर शंकारहित तवरले प्रमाणित गर्ने भार वादीमा रहने हुंदा प्रतिवादीले अदालतमा कसूर इन्कार गरेको कुराको प्रमाण पुर्‍याउन नसकेको भन्ने पुनरावेदन अदालत समेतले लगाएको वुंदा मिल्दो देखिएन । कुनै व्यक्ति उपरको दोषिता प्रमाणबाट स्थापित हुनु पर्दछ त्यसैले शंकाको सुविधा अभियुक्तले पाउंछ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त अनुसार सरकार वादी हुने फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादी पक्षमा रहन्छ भन्ने कुनूनी व्यवस्थाको पछि फौजदारी न्यायको दर्शन सन्निहित रहेको हुन्छ । अतः उल्लेखित आधारहरुबाट पुनरावेदक प्रतिवादी मोहन कंकर उपरको कसूर शंकारहित तवरले पुष्‍टि हुन आएको नदेखिंदा पुनरावेदक प्रतिवादीले अभियोगबाट सफाई पाउने । (प्र.नं. ५३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6510
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2054/06/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6510
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्