नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6503 · वि.सं. २०५५
नि.नं. 6503 — कुत दिलाई मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तल्लो अड्डा अदालतले गरेको निर्णमा पुनरावेदन तहबाट इन्साफ हुंदा तात्विक भिन्नता (Material Difference) नहुने गरी सदर इन्साफ भएको खण्डमा मात्र पुनरावेदन नलाग्ने भन्ने हो तर प्रस्तुत विवादको विषयमा त्यसो नभै प्रतिवाद नगर्ने प्रतिवादीका हकमा शुरु भूमिसुधार कार्यालयबाट कुत दिलाई मोही निष्काशन नहुने गरी र पछि पुनरावेदन पर्दा मोही हक समेतबाट निष्काशन हुने गरी केही उल्टी गरी तात्विक भिन्नता भै फैसला भएको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक यि प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन नलाग्ने भन्न नमिल्ने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6503 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2054/09/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय र प्रतिवादीले फिराद दावीमा नै चित्त बुझाई प्रतिउत्त नफिराई वसेको शुरुबाट भएको फैसला उपर मात्र चित्त बुझाई वसेको भन्न पनि मिल्ने होइन | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको मिति २०५३।६।१५ को राय मनासिव ठहर्छ । सो ठहर्नाले प्रस्तुत पुनरावेदन पत्रको कानून वमोजिम निर्णय गर्न पूर्ण इजलासको लगत कट्टा गरी संयुक्त इजलासमा नियमानुसार गरी पाठाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6503 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
