नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6498 · वि.सं. २०५५

नि.नं. 6498 — जग्गा खिचोला चलन  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले दावी लिएको जग्गाको दर्ता श्रेस्ता प्राप्‍त गर्न सकेको देखिदैन । कुनै पनि जग्गाको दर्ता श्रेस्ता प्रमाणित रुपमा सो जग्गाको धनी भनी दावी गर्नेले प्राप्‍त गरेकै हुनुपर्दछ । अन्यथा सो जग्गाको विधिवतः हक स्थापित जग्गाधनी मान्न नमिल्ने । (प्र.नं. १०) मालपोत कार्यालयबाट जग्गा दर्ता गराई विधिवत श्रेस्ता कायम गराए पश्‍चात मात्र त्यस्तो जग्गामा हक स्थापित हुने र अदालतले सो हक प्रचलन गराउने हो, यसमा वादीले दावीको जग्गामा आफ्नु हक पुग्ने प्रमाण लिएर आएपछि मात्र उजुर लाग्ने प्रकृया प्रारम्भ हुन सक्ने हुंदा प्रस्तुत दावी नपुग्ने भै खारेज हुने ठहराएको पुनरावेदन अदालत पोखराको निर्णय मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6498
मुद्दाको विषयजग्गा खिचोला चलन  ।
निर्णय वर्ष / मिति2054/06/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6498
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्