निवेदकले मालपोत कार्यालय सुर्खेतमा जग्गाको क्षेत्रफल सच्याई पाउं भन्ने विषयको निवेदन मिति २०४९।७।१ मा दिएकोमा सो निवेदनमा मालपोत कार्यालयबाट कुनै निर्णय गरी टुङ्गो लगाएको मालपोत कार्यालय सुर्खेतबाट प्राप्त सम्वन्धित फाइलबाट देखिन आएन । मालपोत ऐन, २०३४ को दाफा…
§ जुन जिल्ला न्यायाधीशको दस्तखत नै विवादास्पद भएको हो सोही न्यायाधीशले प्रस्तुत मुद्दा फैसला गरेको देखियो । दस्तखत राज कुमार अधिकारीले कीर्ते गरेको हो भन्ने व्यहोराको कागज गर्ने जिल्ला न्यायाधीश स्वयंबाट फैसला गर्न मुलुकी ऐन अदालती वन्दोवस्तको ३० नं. विपरीत हु…
दोश्रो विवाह गरी विदेशमा नोकरी गरी वस्ने पतिसाथ वस्न सक्ने परिस्थिति प्रस्तुत मुद्दाको सन्दर्भमा श्रृजित भएको देखिदेन । पति घरमै वसेको अवस्थामा पत्नीले निजको मंजुरी वेगर मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ को देहाय १ विपरितको अवस्था नभएको पतिले साथै लान इन्का…
§ नुनवतीको विवाह पश्चात निजको पति उजारुको नाममा जग्गा दर्ता रहे पनि सो पूर्व एकै परिवारका दिदी भाई भूमि सम्बन्धी ऐन, २०२१ को उल्लेखित दफा २(ख) वमोजिम जग्गा धनी र मोही कायम हुन नसक्ने हुंदा वादी दावी वमोजिम प्रतिवादी वालु सिंह राजवंशीका नामको विवादका कि.नं. ७०…
अंश वण्डाको ३१ नं. वमोजिम ज.मि.को १० नं. अनुसार वाली रोक्का नभएको अवस्थामा अन्तिम फैसला भएको मितिसम्मको वाली पाउने देखिंदा वादी दावी वमोजिम ५ वर्गको वाली प्रति वर्षको २ क्वीन्टलको दरले रु. १५७५। वाली भरी पाउने ठहर्याउनु पर्नेमा ३ वर्षको वाली सव पनि ४७२।५० मात…
विलम्बको सिद्धान्त समन्याय (Equity) को सिद्धान्त हो । आफ्नो हक अधिकारको खोजीमा अनुचित विलम्ब गर्ने तथा गलत निर्णय वा काम कारावहीबाट असर पर्ने व्यक्तिले समयमा नै न्यायिक उपचारको माग नगरी आफ्नो अधिकारको वेवास्ता गर्नेलाई अदालतले मद्दत गर्दैन भन्ने सिद्धान्तमा व…
प्रतिवादीको वारिशले अदालतमा वयान गर्दा उक्त विवादको लिखत लिफा कागजमा तयार पारेको भन्ने जिकिर लिएता पनि उक्त लिखत हेर्दा लिफाको प्रयोजनको लागि तयार भएको भन्ने लिखतको प्रकृतिबाट देखिदैन । सामान्यत लिफामा लिखतको अक्षर शुरु हुने स्थान र अन्त हुने स्थानमा ल्याप्चे…
नेपाल अधिराज्यको सार्वभौम सत्ता अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्न पर्ने उचित र पर्याप्त आधार छ छैन नजरवन्दको आदेश दिने अधिकारीले नजरवन्दमा राख्नु पर्ने संविधान र कानूनद्वारा निर्धारित उल्लेखि…
प्रहरी कार्यालयलाई कुलोपानीको विवाद सुन्ने र त्यसमा निर्णय गर्ने अधिकार कानूनले प्रदान गरेको नदेखिने । (प्र.नं. १३) विवादित मिलापत्र गराउने अधिकार क्षेत्र नभएको प्रहरि चौकी चास्मिटारले गराएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भै सो मिलापत्र प्रभाव…
सार्वजनिक सुरक्षा ऐन अन्तर्गतको थुना निरोधात्मक प्रकृति (Preventive Nature) को हुन्छ । कुनै व्यक्तिलाई देशको शान्ति र व्यवस्थामा खलवल पर्न सक्ने कार्यबाट तत्काल रोक्नको लागि केही अवधिसम्म थुनामा राख्ने उद्देश्य रहेको हुन्छ । त्युतो थुनामा राख्दा प्रतिवादीलाई…
§ नापीमा मोहीले भूलले जग्गा मेरो नाममा दर्ता गराएको भएपनि सो जग्गा तिम्रो भोग चलनको हुँदा तिम्रो नाममा दर्ता गरी दिनेछु भन्ने शर्तनामाको उक्त व्यहोराबाट प्रतिावदी रत्नमान सिंह तुलाधरको नामा दर्ता रहेको जग्गा वादीको नाममा नामसारी दर्ता गरी दिने भन्ने देखिन आउने…
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को व्यवस्था हेर्दा शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णइ उपर पुनरावेदन सुन्ने पुनरावेदन अदालतले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था देखिन्छ । प्रस्तुत…
§ एक पटक उसै झगडियाका नाउमा उसै विषयमा मुद्दा दिई निर्णय फैसला भई कार्यान्वयनको कार्य पनि तामेलीमा रही सके पछि पुनः अंश मुद्दामा दावी लाग्न नसक्नेमा अ.वं.८५ को प्रतिकूल अंश पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०५२।१०।२९ को फैसला गल्ती भई वदर हुने । (प्…
§ निवेदकले उक्त सम्वन्धित ऐन नियमको कुन दफा कुन नियम संविधानको कुन भाग धारा संग वाझिएको वा ती ऐन कानूनले निवेदकको प्रचलित संविधानद्वारा प्रदत्त कुन कस्तो मौलिक हक उपर अनुचित वन्देज लगाएको हो सो कुरा उल्लेख गर्न सकेको पाइदैन । वाझिएको भन्नु मात्र पर्याप्त हुँदै…
§ मृतकसंग प्रतिवादीको ज्यान मार्नु पर्ने सम्मको रिसईवी भए रहेको समेत मिसिल प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीले मृतकसंग संगै वेशीशहर गई संगै रक्सी खाएको कुरालाई अदालतको वयानमा समेत स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीले मृतकलाई ढुंगाले पछाडी घुच्चुक्मा हानेको…
§ वादी पोइल गई सकेकोले अंश दिनु नपर्ने भन्ने प्रतिजिकिर भई नाता सम्वन्धमा नै विवाद परेको देखिन्छ । नाता सम्वन्धमा वादी पोइल गई सकेको भन्ने गा.पं. सचिवले गरिदिएको सिफारिश आधिकारिक नहुने र त्यस्तो सिफारिश प्रमाणमा लिई वादी राजमन भन्ने व्यक्तिसंग पोइल गइसकेको मान…
§ प्रमाण ऐन, २०३१ अनुसार एकाघर संगका अंशियारहरु मध्ये जूनसूकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ र अदालतको त्यस्तो अनुमानलाई खण्डन गर्न चाहिनेले त्यस्तो प्रमाण पुर्याउने भार समेत सोही ऐनको दफा २९ वमोजिम वहन गर्नुपर्ने ।…
§ श्रम ऐन, २०४८ को दफा ७३ (१) मा कामदार वा कर्मचारीको व्यवस्थापनसंग सेवा सम्वन्धमा व्यक्तिगत दावी वा उजुरी भएमा सम्वन्धित कामदार वा कर्मचारीले सम्वन्धित व्यवस्थापक समक्ष लिखित रुपमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहे अनुरुप सुरेश कुमारले व्यवस्थापक समक्ष लिखित…
§ मुख्य जानकार भएको अभावमा त्यस्तो व्यक्तिले लिएको ऋणको दायित्व अरु अंशियारमा पर्न नसक्ने हुँदा घरको मुख्य जानकार नरहेकी पार्वती चमारनीले गरी दिएको लिखत वमोजिमको सांवा व्याज निज पार्वतीबाट मात्र भरी पाउने ठहर गर्नु पर्नेमा अरु अंशियार प्रतिवादीबाट समेत भराउने…
§ मुलुकी ऐन अदालती वन्दोवस्तको २०२ नं. मा इन्साफ जांच गर्दा अगाडीको इन्साफ वा सजायमा तात्विक भिन्नता नहुने भएमा बिपक्षी झिकाउनु नपर्ने तर इन्साफ वा सजायमा फरक पर्ने भएमा बिपक्षी झिकाउनु पर्ने भन्ने व्यवस्था गरेको देखिन्छ । यसमा प्रयुक्त शव्दावलीले तलको इन्साफ…
§ विवादीत जग्गामा वादीको साविक देखिको दर्ता हक भोग रहेको भन्ने ठोस प्रमाण पनि वादीले पुर्याउन सकेको पाइदैन । कुनै पनि जग्गा जमिनमा जव सम्म कुनै व्यक्ति विशेषको हक भोग छ भन्ने तथ्यको भरपर्दो प्रमाण पेश हुदैन तव सम्म कुनै पनि पर्ति जनिएको जग्गालाई सार्वजनिक ऐला…
§ प्रमाण सरह बुझ्न पठाइएको म्याद पछि हाजिर हुने व्यक्ति प्रमाण वा प्रतिवादी सरह के हो ? निजको बयान भएपछि मात्र खुल्ने कुरा हो । प्रमाण सरह अ.वं. १३९ नं. बमोजिम बुझ्न पठाइएको व्यक्ति तवसम्म प्रतिवादी हुँदैन जबसम्म बयान गराई कारणी सरह देखिदैन । यस्ता व्यक्तिले अ…
§ भूमि सुधार कार्यालयमा वाली भराई मोही निस्काशन गरी पाउँ भनी दिएको उजुरीमा भूमि सुधार कार्यालयले निर्णय गर्दा निश्कासन तर्फ प्रथम निर्णय गर्नुपर्ने कुरा भूमि सम्बन्धी ऐनको दफा २९(१) मा स्पष्ट व्यवस्था छ । यदि वालीमात्र भराउने विषय छ भने सो कुरा जिल्ला अदालतले…
§ ज्यू मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा १०(२) अन्तर्गत निवेदन परेमा पर्चा सहितको निवेदन पुनरावेदन सुन्ने अदालतमा पठाउनु पर्ने कानूनी व्यवस्था भएको र सो पर्चा सहितको निवेदन पुनरावेदन अदालतले हेर्नुपर्दा सो शुरुको आदेश रीत वेरित के छ सबै बिचार गर्…