नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6486 · वि.सं. २०५४

नि.नं. 6486 — उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले उक्त सम्वन्धित ऐन नियमको कुन दफा कुन नियम संविधानको कुन भाग धारा संग वाझिएको वा ती ऐन कानूनले निवेदकको प्रचलित संविधानद्वारा प्रदत्त कुन कस्तो मौलिक हक उपर अनुचित वन्देज लगाएको हो सो कुरा उल्लेख गर्न सकेको पाइदैन । वाझिएको भन्नु मात्र पर्याप्त हुँदैन । वाझिएको भनी जिकिर लिने निवेदकले सो कुरा उदाहरण सहित प्रष्ट रुपमा वोधगम्य हुने गरी प्रकाश पार्नु पर्दछ । सो कुराको अभावमा वाझिएको भन्ने जिकिरलाई मनासिव मान्न नमिल्ने । (प्र.नं. १४) § नियम ऐनसंग वाझिएमा निस्कृय र अमान्य वदर घोषित गराई पाउँ भन्ने निवेदन माग गर्ने क्षेत्राधिकार निवेदकलाई रहे भएको अन्य कानून निजले देखाउन सकेको देखिंदैन । ऐन र नियमको व्यवस्था यदि वाझिएको रहेछ भने ऐनले नै प्राथमिकता पाउने वा ऐनको व्यवस्था नै मान्य हुने कानून व्याख्याको सामान्य सिद्धान्तले निर्दिष्ट गरेकै पाइने । (प्र.नं. १४) § पुनरावेदन सून्ने निकायले तल्लो निकायको निर्णय नमिलेको भनी उल्लेख गरी सकेपछि वदर वा उल्टी भन्ने शव्दांश नरहेको आधारबाट मात्रै पुनरावेदन सून्ने निकायको निर्णय मनासिव नहुने भन्ने मिल्ने देखिंदैन । तल्लो निकायको निर्णय नमिलेको भनी उल्लेख गरी पुनरावेदन आयोगले निर्णय गरे पश्चात सोही निर्णयको आधारमा सेवा आयोगबाट निर्णय समेत भइसकेको परिप्रेक्ष्यमा वदर वा उल्टी भन्ने शव्द नपरेको भन्ने आधारबाट मात्र पुनरावदेन आयोगको निर्णय त्रुटीपूर्ण छ भन्न सकिने अवस्था नदेखिंने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6486
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी पाउँ
निर्णय वर्ष / मिति2054/08/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6486
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्