नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6487 · वि.सं. २०५५
नि.नं. 6487 — वन्दीप्रत्यक्षीकरण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक सुरक्षा ऐन अन्तर्गतको थुना निरोधात्मक प्रकृति (Preventive Nature) को हुन्छ । कुनै व्यक्तिलाई देशको शान्ति र व्यवस्थामा खलवल पर्न सक्ने कार्यबाट तत्काल रोक्नको लागि केही अवधिसम्म थुनामा राख्ने उद्देश्य रहेको हुन्छ । त्युतो थुनामा राख्दा प्रतिवादीलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(६) द्वारा प्रदत्त पक्राउ भएको व्यक्तिलाई २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउने र २४ घण्टा भन्दा वढी मुद्दा हेर्ने अधिकारीको आदेश वेगर थुनामा रहनु नपर्ने र धारा १४ द्वारा प्रदत्त अन्य फौजदारी न्याय सम्बन्धी हक समेत उपलव्ध हुंदैन । त्यसैले यस कानूनको प्रयोग राष्ट्रको सार्वभौमसत्ता अखण्डता वा सार्वजनिक शान्ति व्यवस्था सर्वसाधारण जनताको हीत वा विभिन्न जाति वा सम्प्रदायहरु वीच सुसम्वन्ध कायम राख्ने उद्देश्यले हुन्छ । तर फौजदारी अपराधमा सजाय भोगाउन थुनामा राख्ने दण्डनीय थुना (Punitive Detention) को प्रकृति उद्देश्य र तात्पर्य विल्कुल फरक हुन्छ । दण्डनीय थुनामा प्रचलिन कानून विपरीत कार्य गरेको ठहरिएमा सजायको रुपमा थुनामा राखिन्छ । सजाय हुनु अघि सवूद प्रमाण दिने, आफ्नो कुरा भन्ने आदि आधारभूत मानव अधिकारहरु फौजदारी न्यायसम्पादन गर्दा उपलव्ध हुन्छन । यसमा खुला इजलासमा न्यायिक अधिकारीद्वारा मुद्दाको सुनुवाई र निर्णय हुन्छ । तसर्थ दण्डनीय थुना र निरोधात्मक थुनाको वीचमा आकाश जमिनको अन्तर हुने । (प्र.नं. ३०) हाते बम, पेट्रोल बम जस्ता पदार्थ राख्नु विष्फोटक पदार्थ ऐन, २०१८ तथा हातहतियार खरखजाना ऐन, २०१९ द्वारा निषेधित कार्य हुन । यस्तो निषिद्ध फौजदारी कार्य गरेमा कानून वमोजिम मुद्दा चलाई कारवाही गर्नुपर्ने हुन्छ । त्यसरी कानून वमोजिम कारावही चलाउनु पर्ने कुराका सम्बन्धलाई लिएर सार्वजनिक सुरक्षा कानून अन्तर्गत थुनामा राख्नु जुन कानून जुन तात्पर्यको लागि वनेको हो सोही तात्पर्यका लागि प्रयुक्त हुनुपर्ने भन्ने सामान्य कानूनी सिद्धान्त अनुरुप भएको भन्न नमिल्ने । (प्र.नं. ३३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6487 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरण । |
| निर्णय वर्ष / मिति | 2054/06/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6487 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
