नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6484 · वि.सं. २०५४
नि.नं. 6484 — अंश दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी पोइल गई सकेकोले अंश दिनु नपर्ने भन्ने प्रतिजिकिर भई नाता सम्वन्धमा नै विवाद परेको देखिन्छ । नाता सम्वन्धमा वादी पोइल गई सकेको भन्ने गा.पं. सचिवले गरिदिएको सिफारिश आधिकारिक नहुने र त्यस्तो सिफारिश प्रमाणमा लिई वादी राजमन भन्ने व्यक्तिसंग पोइल गइसकेको मानी वादीले अंश नपाउने गरी शुरुले फैसला गरेको प्रस्तुत मुद्दामा नाता सम्वन्धमा विवाद उठेको पाइन्छ । नाता सम्वन्धमा विवाद उठेपछि सवुद प्रमाण वुझी नाता सम्वन्धमा विवाद निरोपण गरी इन्साफ गर्नु पर्ने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6484 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता । |
| निर्णय वर्ष / मिति | 2054/07/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6484 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
