नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6485 · वि.सं. २०५४
नि.नं. 6485 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतकसंग प्रतिवादीको ज्यान मार्नु पर्ने सम्मको रिसईवी भए रहेको समेत मिसिल प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीले मृतकसंग संगै वेशीशहर गई संगै रक्सी खाएको कुरालाई अदालतको वयानमा समेत स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीले मृतकलाई ढुंगाले पछाडी घुच्चुक्मा हानेको त्यसपछि मृतकसंग लडामारी भई धकेली दिंदा भीरवाट लडी मरेको भनी प्रहरी समक्ष वयान गरेको, टाउको पछाडी घाउ भएको लाश जांच मुचुल्काबाट निजहरु वीच धकेला धकेल भएको समेत पुष्टी भएको देखिन आउँछ । रक्सीको नशामा लडामारी भई धकेल्दा भीरवाट लडी मरेको अवस्था देखिंदा ज्यान सम्वन्धीको १३ नं. आकर्षित हुने अवस्था देखिन आएन । होस नपुर्याई वा हेलचक्रयाई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पांच सय रुपैयासम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै संजाय हुने ज्यान सम्वन्धीको ६(२) नं ले कानूनी व्यवस्था गरेको पाइन्छ । होस नपुर्याई लडामरी भई धकेला धकेल भई भीरबाट लडी तिलक बहादुरको मृत्यु भएको देखिन आएकोले निज तिलक बहादुर प्रतिवादीको क्रियाबाट भवितव्य परी मरेको ठहर्छ । मुलुकी ऐन, ज्यान सम्वन्धिको ६(२) नं. ले २ वर्ष कैदको सजाय हुन्छ । कर्तव्यबाट मरेको ठहर्याई ज्यान सम्वन्धीको १३(३) नं. ले सजाय हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ समेत नमिली उल्टी हुने । (प्र.नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6485 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2054/07/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6485 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
