नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6492 · वि.सं. २०५५
नि.नं. 6492 — वाली विगो ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश वण्डाको ३१ नं. वमोजिम ज.मि.को १० नं. अनुसार वाली रोक्का नभएको अवस्थामा अन्तिम फैसला भएको मितिसम्मको वाली पाउने देखिंदा वादी दावी वमोजिम ५ वर्गको वाली प्रति वर्षको २ क्वीन्टलको दरले रु. १५७५। वाली भरी पाउने ठहर्याउनु पर्नेमा ३ वर्षको वाली सव पनि ४७२।५० मात्र वाली विगो भराउने गरेको पुनरावेदन अदालत, वुटवलको फैसला सो हदसम्म नमिली फरक पर्ने देखिएकोले सो हदसम्मको फैसला वदर भइ ५ वर्षको उव्जनी वाली विगो रु.१५७५। वादीले प्रतिवादीबाट भराई लिन पाउने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6492 |
|---|---|
| मुद्दाको विषय | वाली विगो । |
| निर्णय वर्ष / मिति | 2054/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6492 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
