नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6482 · वि.सं. २०५४

नि.नं. 6482 — आदेश वदर गरी हाजिर गराई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ श्रम ऐन, २०४८ को दफा ७३ (१) मा कामदार वा कर्मचारीको व्यवस्थापनसंग सेवा सम्वन्धमा व्यक्तिगत दावी वा उजुरी भएमा सम्वन्धित कामदार वा कर्मचारीले सम्वन्धित व्यवस्थापक समक्ष लिखित रुपमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहे अनुरुप सुरेश कुमारले व्यवस्थापक समक्ष लिखित निवेदन २०४९।६।४ मा दिएको भन्ने देखिन्छ । त्यसरी पर्न आएको निवेदन उपर श्रम कार्यालयको प्रमुखले दफा ७३(५) अनुरुप उक्त विवादमा निर्णय गर्नु पर्ने छ भन्ने स्पष्ट निर्देशन ऐनद्वारा नै भएको देखिंदा श्रम कार्यालयवाट सुरेश कुमार ढुंगाना र होटेल व्यवस्थापन वीच उत्पन्न विवाद समाधान तर्फको निर्णय गर्न नसक्ने भन्ने पुनरावेदन जिकिर संग सहमत हुन सकिएन । श्रम कार्यालयवाट यस तर्फ निर्णय गर्न सक्ने नै देखिने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6482
मुद्दाको विषयआदेश वदर गरी हाजिर गराई पाउँ ।
निर्णय वर्ष / मिति2054/06/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6482
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्