नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6516 · वि.सं. २०५५
नि.नं. 6516 — उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए वमोजिम रिक्त पदपूर्ति गर्ने कार्यविधिको निर्देशिका २०५१ को परिच्छेद ३ निर्देशन नं. ५ मा पदपुर्तिको लागि विज्ञापन गर्दा ६ महिना सम्मको अस्थायी नियुक्तिका लागि घटीमा १५ दिनको र सो भन्दा वढी अवधिको अस्थायी वा स्थायी पदका लागि घटीमा ३० दिनको र सो भन्दा वढी अवधिको अस्थायी वा स्थायी पदका लागि घटीमा ३० दिनको म्याद राखी विज्ञापन गर्नुपर्दछ भन्ने उल्लेख भएको पाइन्छ । उल्लेखित निर्देशिकाको व्यवस्थाबाट ६ महिना भन्दा वढी अवधिको लागि अस्थायी पदपूर्ति गरिनु पर्ने अवस्थामा घटीमा ३० दिनको दरखास्त दिने म्याद दिनुपर्ने व्यवस्थाले ६ महिना भन्दा वणी अवधिको नियुक्तिको लागि ३० दिनमा नघटाई दरखास्त दिने म्याद दिनु पर्ने अनिवार्यता रहेको देखिन्छ । निवेदक स्वयंले पनि यस व्यवस्थालाई इन्कार गर्न सकेका छैनन् । शरणार्थी शिविरको प्रकृति र विज्ञापनमा परेका लवजहरुका आधारमा निवेदकहरुलाई ६ महिना भन्दा वढी अवधि नियुक्ति गर्न सकिने भन्ने निवेदन जिकिर रहेको पाइन्छ । विज्ञापनमा परेका लवजहरुको अर्थ जे जस्तो भएपनि प्रत्यायोजित अधिकार प्रयोग गर्नेले अधिकार दिने निकायको भावना वपरित भै गरेको कार्यलाई मनासिव र रीतपूर्वकको भन्न मिल्ने अवस्था नदेखिंने । (प्र.नं. ९) § निवेदकहरु ६ महिनाको लागि अस्थायी नियुक्ति भएको अस्थायी नियुक्ति प्रकृतिले नै निश्चित म्याद सम्मको लागि हुन्छ । अस्थायी नियुक्ति निरन्तरको लागि हुन सक्ने परिकल्पना कुनै पनि ऐन कानूनले गरेको पाइदैन । नियुक्त भइरहेका कर्मचारीको म्याद सकिएको अवस्थामा नियुक्ति गर्ने अधिकारीले रितपूर्वक सूचना निकाली पुनः नियुक्ति गर्न नपाउने गरी ऐनले वन्देज नलगाएको अवस्थामा निवेदन जिकिर वमोजिम विज्ञापन प्रकाशित गर्न नपाउने भन्न मिल्ने अवस्था नदेखिंने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6516 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2054/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6516 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
