नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6514 · वि.सं. २०५५

नि.नं. 6514 — भ्रष्‍टाचार ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कार्य लगाउने कार्यालय वा संस्थाले तोकिए मुताविकको कार्य सम्पन्न भए नभएको जांची हेरी नभए गर्न लगाउन र त्यसरी पुनः गर्न लगाउंदा कार्य सम्पन्न हुन नगएमा लगानी भएको रकम असुल उपर तर्फ आबश्यक कार्यवाही गर्न सक्ने नै हुंदा तोकिएको कार्य सम्पन्न गरी सकेको विल भर्पाइ सम्वन्धित कार्यालयमा बुझाइ सकेको भन्ने अवस्था देखिएको स्थितिमा कार्य सम्पन्न भए नभएको कार्यलाई आधार मानी भ्रष्‍टाचार गरेको भन्न नमिल्ने । (प्र.नं. १७) § मिसिल सामेल रहेका विभिन्न प्रतिवेदनबाट कार्य के कति सम्पन्न भएको के कति वांकि रहेको भन्ने तथ्युक्त स्पष्‍ट आधार खुलेको देखिन आउंदैन र अभियोजन कर्ताले ओ.सी. तारा कुमार गुरुङ्गको प्रतिवेदनलाई के कति कारणले मान्यता दिइ विगो कायम गरिएको हो कुनै उचित कारण समेत अभियोग पत्रमा उल्लेख गर्न सकेको पाइदैन । फरक फरक प्रतिवेदन र भनाइ रहेको अवस्थामा केवल उजुरीको आधारबाट मात्रै यि प्रतिवादीले भ्रष्‍टाचार गरे भनी ठहर्‍याउन कानुन न्यायको रोहमा नमिल्ने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6514
मुद्दाको विषयभ्रष्‍टाचार ।
निर्णय वर्ष / मिति2053/12/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6514
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्