§ अदालतमा इन्कार रहंदा केहि प्रतिवादीहरुले वारदातमा सम्मिलित नरहि उक्त समयमा आफू अन्यत्रै औषधी उपचार गराई रहेको भनी एलिवि (Alibi) लिएकै देखिन्छ । एलिबि लिनेले आफ्नो आधार प्रमाण संकारहित रुपबाट खम्बिर गराउन सक्नुपर्दछ । एलिबि लिएकै भरले आरोपित कसुरवाट उन्मूक्त…
§ वादी दावीको जग्गामा वादीले उल्लेख गरेकै मितिमा प्रतिवादीले घर बनाएको भनी सवुद प्रमाणको अभावमा मान्न मिलेन । अतः एवं. मुलुकी ऐन, घर बनाउनेको महलको ११ नं. को म्याद भित्र फिराद परेको भन्ने सवुदद्वारा प्रमाणित भएको नदेखिंदा शुरु फैसला उल्टी गरी वादी दावी नपुग्ने…
§ प्रतिवादीले पेश गरेको वहश नोट साथ संलग्न सिन्धुपाल्चोक माल कार्यालय, चौताराको प.सं. ०३८।३९ च.नं. ५२७ को दर्ता उतार पत्रमा पनि निज प्रतिवादी शिवलोचन नेपालको नाममा गिनेरीवोटे खेत ।११।७।४ को १ कित्ता र ।५।३ को कित्ता १ गरी दुई कित्ता जग्गासम्म निज प्रतिवादीका न…
§ सर्वोच्च अदालतले अपहेलनामा सजाय गरेको कुरालाई संकेत गरी अवसर पाएको अवस्थामा अदालत पनि कार्यपालिका सरह अधिनायकवादी बन्छ भन्ने उल्लेख गरेकोमा अवहेलना जस्तो फौजदारी प्रकृतिको मुद्दामा कानून बमोजिम निर्णय फैसला गर्दैमा त्यसबाट अदालत अधिनायकवादी बन्छ भन्ने कुरा ह…
§ अरु अंशियारहरु समेतको हक लाग्ने सम्पत्ति बेच विखन वा कुनै प्रकारको हक छाडी लिनु दिनु गर्दा संगोलका अंशियार यी वादीको समेत मंजुरी लिनुपर्नेमा त्यस्तो मंजुरी नलिई वक्सपत्र पारित गरी दिए लिएको देखिएबाट वादी दावी अनुसार वक्सपत्रको लिखत बदर हुने ठहराएको शुरु काठम…
§ पुनरावेदन अदालत पाटनबाट भएको विवादको डिसमिस फैसला हेर्दा डिसमिस भएको जानकारी पुनरावेदिकालाई दिनु भनी सो फैसलामा नै आदेश गरिएको भएता पनि फाँटवालाबाट सो कर्तव्य पूरा गरिएको देखिँदैन । एक त आफ्नो मुद्दा डिसमिस भएको जानकारी नपाउनु र दोश्रो तारेखमा रहँदा रहँदै पन…
§ पुनरावेदन गर्ने हक मुद्दाका पक्षलाई हुने र कानून बमोजिम पुनरावेदन नपरे मुद्दा अन्तिम हुने हुँदा जग्गाधनी इश्वरी भक्तको तर्फबाट निजको मु.स. गर्ने व्यक्तिहरुले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन खारेज हुने । (प्र.नं. १७)
§ सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति निजी आर्जनको सवुदको अभावमा एकलौटी भन्न नमिल्ने हुँदा निज कालिचरणका छोरा खेदु हजामका नाममा दर्ता भएको जग्गा समेत ३ भाग लगाई वण्डा गरी दिनुपर्ने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. ११)
§ प्रस्तुत मुद्दाको वारदात भएको स्थलसम्म मृतक तुला गिरी र प्रतिवादी किर्ते सिंह थापा र प्रतिवादी गोकुल थापा एकैसाथ रहे भएको देखिएको । घटनास्थलको विवरण प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानसँग मिल्न आएको । आफूसँग गएका…
§ न्याय प्रशासन ऐन २०४८ को दफा ८(२) बमोजिम आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र कुनै निकाय वा अधिकारीले कुनै व्यक्तिको कानून प्रदत्त हकमा आघात पुर्याएमा सो हकको प्रचलनको लागि आवश्यकतानुसार बन्दी प्रत्यक्षीकरण परमादेश वा निषेधाज्ञाको आदेश जारी गर्ने अधिकार सम्…
§ निषेधाज्ञाको आदेश विवाद रहित हकभोग रहेको अवस्थामा जारी हुने हुन्छ । निषेधाज्ञा जारी हुन निर्विवाद हकको प्रमाण हुनुका साथै त्यस्तो हकको भोग चलनमा अवरोध हुने आशंकाको पनि विद्यमानता रहेको हुनुपर्ने अनिवार्यता रहन्छ । परापूर्व देखि निकास बाटो प्रयोग गरेको भन्ने…
§ नीतिगत आधारबाट मिति २०४९।१।१ भन्दा अघि सरकारी कर्मचारी भन्दा बढी सुविधा पाइरहेका कर्मचारी र उक्त मिति पछि तोकिएको शर्तमा भर्ना (नियुक्ति) भएका कर्मचारीहरु एकै समान स्तरका भन्न नमिल्ने (समायोजन भत्ताको प्रयोजनको लागी) समेतबाट निवेदकहरुको मौलिक हक (समान कर्मचा…
§ निजी आर्जनको सम्पत्ति भन्न सकिने आधार प्रमाणको अभावमा पवित्र मणिको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने देखिँदैन । ने.का.प. ०५४. अंक १, पृष्ठ १ मा प्रकाशित यस अदालतको पूर्ण इजलासबाट नि.नं. ६३०३ को लिखत बदर मुद्दामा ०५३।११।२३ मा भएको फैसलाबाट प्रतिपादित सिद्बान्त…
§ प्राकृतिक श्रोत तथा त्यसको बाँडफाँडको लागि सन्धी अनुमोदन सम्मिलन, स्वीकृत वा समर्थन संसदको दुई तीहाई बहुमतले गर्नुपर्ने र संसदले अनुमोदन सम्मिलन, स्वीकृति वा समर्थन दिएपछि सो सन्धी लागू हुने व्यवस्था गरेको देखिन्छ । नेपाल अधिराज्यको वा श्री ५ को सरकार पक्ष ह…
§ संविधानको धारा १५(१) मा "नेपाल अधिराज्यको सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन" भन्ने व्यवस्था भएको देखिँदा तत्काल खलल पर्ने पर्याप्त आधार नभई भन्ने उक्त उपधारामा पर…
§ नियम वमोजिम एक वर्ष पनि सम्बन्धित भौगोलिक क्षेत्रमा रुजु हाजीर नभएको कर्मचारीलाई सव भौगोलिक क्षेत्रको अंक प्रदान गर्ने सम्बन्धित कानूनी प्रावधानको तार्किक (Logical) र न्यायोचित व्याख्या हुन नसक्ने हुंदा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिल्ने अवस्थाको अभ…
§ विन्देश्वर केवटको मृत्यु कुटपिटबाट लागेको घाउबाट भएको तथ्य लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समर्थित हुनुका साथै वारदात देख्ने वावुलाल रसिलाल गंगाइ र वेचैनको चश्मदिद वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी दिनदयाल वाजपेयीलाई मुलुकी ऐन ज्…
§ लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कूटी हानी रोपी घोची वा अन्य ज्यान मार्ने गैर कुरा गरी ज्व्यान मरेमा संजाय व्यहोर्नु पर्ने गरी ज्यान सम्वन्धीको १३ (३) नम्वरमा कानूनी व्यवस्था गरेको र घाटी अचेटी मार्ने कृया ज्यान मार्ने गैर कुरा भित्र पर्ने हुनाले स…
§ पिता पुर्खाले निजि प्रयोगको लागी सो पोखरी खनाएको भन्ने पुनरावेदक वादीको दावीलाइ मान्ने हो भने तापनि मालपोत नतिरी पोत मिन्हा भएको र त्यस्तो पोखरी धार्मिक सद्भावले सबैको सार्वजनिक प्रयोगकालागी समाजमा नै समर्पण गरेको मान्नूपर्ने हुन्छ । एकपटक समाजलाई समर्पण गर…
§ घर खर्च भनी रु लिई विक्रि गरेकोलाई घर व्यवहार चलाउन लिएको होइन भन्ने तर्क गर्न मिल्दैन । घर खर्च गर्नु भनेकोलाई सामान्य अर्थमा घर व्यवहार चलाउन लिएको नै संझनु पर्दछ । सो रु घर खर्च वाहेक अन्य कामलाई लिएको हो भने सो कुरा वादीले प्रमाणित गर्नु पर्दछ । सो कुराक…
§ करार ऐन, २०२३ वमोजिम करार गर्ने प्रत्येक पक्षले आफ्नो दायित्व पुरा गर्नुपर्ने अनिवार्य गरको छ । तर वादीले फिराद दावीमा आफ्नो दायित्व पुरा गर्न स्वीकार गरेपछि करार वमोजिम बुझाउन पर्ने रकम बुझाई दायित्व पुरा गरी सकेको भनी फिरादमा उल्लेख गर्न सकेको पाइदैन । यस…
§ प्र. लली सर्केनीले अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरेको देखिए पनि निजको उक्त साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हन नआएको र अदालत समक्ष कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही वयान गर्ने यी प्रतिवादी लली सर्केनीले नै जाहेरवालीको घरमा आगो लगाई दिएक…
§ वादीकै साक्षीहरुले लुटपिटको वारदातको समयका सम्वन्धमा फरक फरक कुरा उल्लेख गरी वकपत्र गरेका र यो यस्ले यो व्यहोराबाट लुटपिट गरी लगेको भनी स्पष्ट भन्न नसकेको अवस्था मिसिल संलग्न साक्षीहरुको वकपत्रबाट समेत देखिन्छ । यसरी वादीकै साक्षीहरुले वारदातको समय र सहभागि…
§ निवेदकले लिलाम वढावढ डाक सकार गरेकोमा रिट नं. २२३९ को उत्प्रेषणको मुद्दामा अन्तरिम आदेशको कारणबाट दिन नमिल्ने भन्ने उल्लेख भएको लिलाममा सकारिएको सम्पत्ति दिन नमिल्ने भन्ने जिकिर नदेखिंदा निवेदकले डाक सकार गरेको सम्पत्ति कानूनको रीत पुर्याई फिर्ता नलगेको भए…