नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6534 · वि.सं. २०५५
नि.नं. 6534 — निषेधाज्ञा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निषेधाज्ञाको आदेश विवाद रहित हकभोग रहेको अवस्थामा जारी हुने हुन्छ । निषेधाज्ञा जारी हुन निर्विवाद हकको प्रमाण हुनुका साथै त्यस्तो हकको भोग चलनमा अवरोध हुने आशंकाको पनि विद्यमानता रहेको हुनुपर्ने अनिवार्यता रहन्छ । परापूर्व देखि निकास बाटो प्रयोग गरेको भन्ने कुरा पनि वोधगम्य हुने किसिमले ठोस रुपमा प्रमाणित गर्नुपर्दछ । साविकमा रहेको निवेदकहरुका जग्गाको कि.नं. २८ मा पश्चिमतर्फ दक्षिण उत्तर न.नं. १४ को कच्ची बाटो र जवालाखेल लगनखेल जाने न.नं. १६ को मूलबाटो रही उक्त बाटोसँग जोडिएको अवस्था समेत रहेको पाइन्छ । यस परिप्रेक्ष्यमा केवल भइरहेको भन्ने एकतर्फ जिकिरको आधारबाट मात्र सार्वजनिक प्रयोग जग्गा निजी हुने गरी प्रयोग गर्न पाउँछ भन्ने अर्थ गर्दा सरकारी सार्वजनिक सम्पत्तिमा व्यक्तिगत छिना झपटी भै अराजक र अन्यौलको स्थिति आउँदैन भन्न र सार्वजनिक सरकारी जग्गाहरु लोप हुने अवस्था समेत श्रृजना हुँदैन भन्न नसकिने । (प्र.नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6534 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा । |
| निर्णय वर्ष / मिति | 2054/09/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरि | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री भैरव | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसँग सहमत नहुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) को (क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत मा.न्या. श्री केशवर प्रसाद उपाध्यायको राय । | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको रायसँग सहमत हुन नसकेबाट आफ्नो राय छुट्टै प्रस्तुत गरेको छु र सर्वोच्च अदालत नियमावली २०४९ नियम ३(१) को (क) बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीशको केदारनाथ आचार्यको राय । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने ठहर्छ । नियमानुसार गरी मिसिल बुझाईदिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6534 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
