नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6540 · वि.सं. २०५५
नि.नं. 6540 — लिखत दर्ता बदरसमेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अरु अंशियारहरु समेतको हक लाग्ने सम्पत्ति बेच विखन वा कुनै प्रकारको हक छाडी लिनु दिनु गर्दा संगोलका अंशियार यी वादीको समेत मंजुरी लिनुपर्नेमा त्यस्तो मंजुरी नलिई वक्सपत्र पारित गरी दिए लिएको देखिएबाट वादी दावी अनुसार वक्सपत्रको लिखत बदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला मिलेको देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6540 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदरसमेत । |
| निर्णय वर्ष / मिति | 2054/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6540 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
