नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6522 · वि.सं. २०५५
नि.नं. 6522 — लुटपिट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीकै साक्षीहरुले लुटपिटको वारदातको समयका सम्वन्धमा फरक फरक कुरा उल्लेख गरी वकपत्र गरेका र यो यस्ले यो व्यहोराबाट लुटपिट गरी लगेको भनी स्पष्ट भन्न नसकेको अवस्था मिसिल संलग्न साक्षीहरुको वकपत्रबाट समेत देखिन्छ । यसरी वादीकै साक्षीहरुले वारदातको समय र सहभागिताका वारेमा एकिनका साथ स्पष्ट प्रमाणित हुने गरी भन्न लेखाउन समेत सकेको अवस्था नदेखिएको र पुनरावेदक तर्फबाट तारिख गुजारी वसेको अवस्था समेत देखिएकोले शुरु फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6522 |
|---|---|
| मुद्दाको विषय | लुटपिट । |
| निर्णय वर्ष / मिति | 2054/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री टोप वहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6522 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
