नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6544 · वि.सं. २०५५

नि.नं. 6544 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतमा इन्कार रहंदा केहि प्रतिवादीहरुले वारदातमा सम्मिलित नरहि उक्त समयमा आफू अन्यत्रै औषधी उपचार गराई रहेको भनी एलिवि (Alibi) लिएकै देखिन्छ । एलिबि लिनेले आफ्नो आधार प्रमाण संकारहित रुपबाट खम्बिर गराउन सक्नुपर्दछ । एलिबि लिएकै भरले आरोपित कसुरवाट उन्मूक्त हुने हुदैन । तवारक मियांले सिम्रौनगढ हेल्थपोष्टको शेर महमदले तथा शेख असराजले सर्लाही जिल्ला स्थित हरिपुर हेल्थपोष्टको तथा शेख अमानुल्लाहले सर्लाही जिल्ला स्थीत छतौना हेल्थपोष्टमा औषधी उपचार गराई रहेको भनी प्रमाण पेश गरेको देखिन्छ । हेल्थपोष्टमा सामान्य उपचार सम्म हुने हो, सरकारी अस्पताल सरह सैया सहित उपचार हुने व्यवस्था रहेको प्रमाणित हुनु पर्ने । (प्र.नं. ६१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6544
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2054/11/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6544
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्