नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6525 · वि.सं. २०५५
नि.नं. 6525 — लिखत वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घर खर्च भनी रु लिई विक्रि गरेकोलाई घर व्यवहार चलाउन लिएको होइन भन्ने तर्क गर्न मिल्दैन । घर खर्च गर्नु भनेकोलाई सामान्य अर्थमा घर व्यवहार चलाउन लिएको नै संझनु पर्दछ । सो रु घर खर्च वाहेक अन्य कामलाई लिएको हो भने सो कुरा वादीले प्रमाणित गर्नु पर्दछ । सो कुराको पुष्टाईमा वादीहरुले प्रमाण पुर्याउनुको त के कुरा जिकिर सम्म पनि लिन सकेको देखिदैन । यस्तो स्थितिमा घरको मुख्यले अंशवण्डाको १९ नं ले प्रदान गरेको अधिकार वमोजिम गरेको कार्यलाई कानून विपरीत भन्न नमिल्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6525 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर |
| निर्णय वर्ष / मिति | 2054/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6525 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
