नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6542 · वि.सं. २०५५

नि.नं. 6542 — जग्गा खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले पेश गरेको वहश नोट साथ संलग्न सिन्धुपाल्चोक माल कार्यालय, चौताराको प.सं. ०३८।३९ च.नं. ५२७ को दर्ता उतार पत्रमा पनि निज प्रतिवादी शिवलोचन नेपालको नाममा गिनेरीवोटे खेत ।११।७।४ को १ कित्ता र ।५।३ को कित्ता १ गरी दुई कित्ता जग्गासम्म निज प्रतिवादीका नाममा दर्ता रहे भएको पाइन्छ भन्ने मालपोत विभाग सिन्धुपाल्चोक मालको मिति २०३८।५।११ को प.सं. २०३८।३९ च.नं. ६७ को पत्रमा गिनेरोवोटे खेत ।२२।१५ मध्ये ।११।७।४ को कित्ता १ र ऐ. खेत ।१०।६ मध्ये ।५।३ को कित्ता गरी दुई कित्ता २०२८ सालको रैतानी लगतबाट रैति गणेश बहादुर नेपालको नाममा दर्ता रहेको भन्ने स्पष्ट खुलार्ई पठाएको पाइन्छ । प्रतिवादीले पेश गरेको २०३८।१०।१८ को पत्र र उक्त २०३८।५।११ को पत्र दुवैको दर्ता जोडदा ।२२।१५ र १०।६ कायम भै मूल दर्तासंग भिडन जाने समेत देखिन आएबाट विवादित जग्गामा वादीको हक नरहेको भन्न मिल्ने पनि देखिएन । अतः यस अदालत पूर्ण इजलासबाट मिति २०४६।५।६ मा वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने गरी भएको इन्साफ उल्टी हुने ठहर्छ । वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6542
मुद्दाको विषयजग्गा खिचोला ।
निर्णय वर्ष / मिति2055/06/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह | माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6542
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्