नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6524 · वि.सं. २०५५
नि.नं. 6524 — करार वमोजिम गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करार ऐन, २०२३ वमोजिम करार गर्ने प्रत्येक पक्षले आफ्नो दायित्व पुरा गर्नुपर्ने अनिवार्य गरको छ । तर वादीले फिराद दावीमा आफ्नो दायित्व पुरा गर्न स्वीकार गरेपछि करार वमोजिम बुझाउन पर्ने रकम बुझाई दायित्व पुरा गरी सकेको भनी फिरादमा उल्लेख गर्न सकेको पाइदैन । यस स्थितिमा मिति २०४७।९।२४ मा फिराद परी सकेको तर मिति २०५०।१।२९ मा मात्र आफूले तिर्नु पर्ने रकम रु.१,१२,०००।- मालपोत कार्यालयमा धरौट राखेको देखिंदा यसलाई कानून सम्मत मान्न नमिल्ने हुंदा शुरुको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6524 |
|---|---|
| मुद्दाको विषय | करार वमोजिम गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2054/05/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6524 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
