नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6543 · वि.सं. २०५५
नि.नं. 6543 — घर उठाई जग्गा खिचोला चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी दावीको जग्गामा वादीले उल्लेख गरेकै मितिमा प्रतिवादीले घर बनाएको भनी सवुद प्रमाणको अभावमा मान्न मिलेन । अतः एवं. मुलुकी ऐन, घर बनाउनेको महलको ११ नं. को म्याद भित्र फिराद परेको भन्ने सवुदद्वारा प्रमाणित भएको नदेखिंदा शुरु फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत, राजविराजको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6543 |
|---|---|
| मुद्दाको विषय | घर उठाई जग्गा खिचोला चलन । |
| निर्णय वर्ष / मिति | 2055/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6543 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
