नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6506 · वि.सं. २०५५

नि.नं. 6506 — लिखत वदर जग्गा रोक्काा वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी तिलक बहादुर शाहलाई प्रतिवादी शेर बहादुर शाहले लिखत गरी राजिनामा गरी दिएको जग्गा पुनः निज प्रतिवादी शेर बहदुरले नै सोही जग्गा कृषि विकास बैंक बाजुरा मार्तडीमा धितोमा राखी कृषि विकास बैंकको पत्रानुसार माल कार्यालय, बाजुरा मार्तडीबाट रवक्का रहेको जग्गा फुकुवा गरी पाउं भनी लेनदेन व्यवहारको ४० नं. रोक्का पत्र सारेको मितिले थाहा पाएको ३५ दिन नागरिक अधिकार ऐन, २०१२ को दफा १९ एवं मुलुकी ऐन अ.वं. ३६ नं. को आधारमा दिएको फिरादका सम्बन्धमा पुनरावेदन अदालत दिपायलबाट मिति २०५१।१०।३।३ मा फैसला गर्दा फिरादीले दावी लिंदाका वखत उल्लेख गरेको मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिमको हदम्याद भित्रको प्रस्तुत फिराद नदेखिंदा मुद्दाको तथ्य भित्रै प्रवेश गर्न पर्ने नहुंदा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भनी पुनरावेदन अदालत दिपायलले मिति २०५१।१०।३ मा गरेको फैसला मनासिवै हुंदा सो फैसला कुनै परिवर्तन गरी रहनु पर्ने स्थिति नदेखिंइ सदर हुने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6506
मुद्दाको विषयलिखत वदर जग्गा रोक्काा वदर ।
निर्णय वर्ष / मिति2054/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6506
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्