नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6504 · वि.सं. २०५५
नि.नं. 6504 — उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ परीक्षामा संलग्न उम्मेदवारलाई परीक्षा रद्द गर्नु भन्दा पहिले सुनुवाईको मौका दिनुपर्छ भन्ने निवेदन जिकिरको कुरा पनि यसक्तिसंगत र व्यवहारिक देखिन आउंदैन । कुनै व्यक्तिलाई दोषी ठहराउंदा वा निजको प्रतिकूल निर्णिय गर्दा अपनाउनु पर्ने प्राकृतिक न्याय सिद्धान्तको न्यायिक प्रकृया अव्यवहारिक र कोरा सैद्धान्तिक प्रकृया मात्र नभै प्रयोग हुन सक्ने स्थिति र अवस्थाको निमित्त अनुशरणीय रहेको देखिन आउंछ । प्रस्तुत रिटमा परीक्षामा संलग्न प्रत्येक उम्मेदवारहरुको प्रतिकूल निर्णय गरिएको नभै अनियमित र अनुचित तरिकाले संचालन गरिएको प्रतियोगिताबाट योग्य उम्मेदवारहरुलाई पर्न सक्ने प्रतिकूल असरबाट संरक्षण गर्न लोकसेवा आयोगबाट उक्त परीक्षा रद्द गरिएको देखिन्छ । रिट निवेदकहरु स्वयं अनियमिततामा संलग्न नरहेको भएतापनि निजहरुको नाताका व्यक्तिबाट परीक्षा संचालन भएको र त्यस्तो कर्मचारीको अनुचित आचरणबाट भएको परीक्षा रद्द गर्ने कार्यको सम्बन्धमा निजहरुलाई बुझ्नु पर्ने भन्ने जिकिर युक्ति संगत नदेखिन । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6504 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2054/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसंग सहमत हुन नसकेबाट सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री कृष्णजङ्ग रायमाझीबाट व्यक्त भएको रायसंग सहमत हुन नसकेबाट सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यकव राय सहितको मिति २०५४।२।३ को आदेश । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्याको राय सदर हुनु पर्दछ भन्ने वहस जिकिर प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6504 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
