नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6520 · वि.सं. २०५५

नि.नं. 6520 — लिखत वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिति २०३३।९।२ मा विवादको लिखत भएको देखिन्छ । सो लिखत हुंदाका वखत वहाल रहेको लेनदेन व्यवहारको १० नं. मा “आफूले आर्जेको भए संग वस्नेको मन्जुरी लिनु पर्दैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीको दाता नन्दन प्रसादले मिति २०२५।१२।१८ मा विवादित जग्गा राजिनामा गरि लिएको देखिन्छ । यसरी नन्दन प्रसादले राजिनामा गरि लिएको हुंदा निजको पालाको आर्जन भन्ने देखिन्छ । फिरादपत्रको प्रकरण २ मा वादी मध्येकी राधा देवी शिक्षिका भै र मुरारी प्रसाद कर्मचारी भएकाले वाहिर वस्ने गरेको भन्ने उल्लेख भएको हुंदा उक्त जग्गा वादीहरुले आर्जेको भन्न नमिल्ने देखिन्छ । वाल कुमारीलाई २०२४।५।३० मा यिनै दाता नन्दन प्रसादले वक्स गरिदिएपछि सो सम्पत्तिको पैतृक स्वरुप समाप्‍त भएको देखिन्छ । पैतृक सम्पत्तिको रुपमा तत्कालीन समयमा नन्दन प्रसादले वक्स गरिदिंदा यी वादीहरुको उजुर परेको पनि देखिएन । साथै चिन्तन राजलाई मिति २०२४।३।२१ मा कि.नं. ७२ को जग्गा हक छाडी दिंदा पनि यी वादीहरुले उजुर गरेको देखिएन । यसरी प्रतिवादीका दाता नन्दन प्रसादले घरको व्यवहार गरी आएको देखिन आएको अवस्था समेत हुंदा निजले तत्काल प्रचलित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा लिखत गरी लिनुदिनु गरेको देखिंदा वादीहरुको मन्जुरी लिई रहनु पर्ने अनिवार्यता नदेखिने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6520
मुद्दाको विषयलिखत वदर ।
निर्णय वर्ष / मिति2054/09/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हिरण्यशवरमान प्रधानका राय मनासिव देखिंदा सोही सदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत पूर्ण इजलासको फैसला ।
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6520
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्