नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6512 · वि.सं. २०५५

नि.नं. 6512 — अपुताली हक कायम  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ३५ वर्ष नाघेकी अविवाहिता सुर कुमारी वादी प्रतिवादी कै नजिकको अंशियार भन्ने अवस्थाकी देखिएकोले निजको हकभोगको सम्पत्ति खान पाउने समान्स्तरका अंशियार वादी प्रतिवादी देखिन आएका छन् । वादी प्रतिवादी मध्ये एक जनाको मात्र सुर कुमारी मरी परेको अपुतालीमा हक पुग्ने भन्न सकिने कानून बमोजिमको लिखत प्रमाण देखिन आउको छैन । ०४२।१२।२२ को लिखतले सुर कुमारी रण बहादुरकहां बसेको भन्ने भनाइ मात्रले निजको अपुताली हक रण बहादुरले मात्र एकलौटी खान पाउने भन्न सकिने कानूनी आधार देखिदैन । मर्ने सुर कुमारीले एका घरका भनी दुबै भाइहरुलाई पृथक पृथक लिखत गरी जग्गाहरु हालै देखिको वकसपत्र गरी दिई दुवैलाई समान व्यवहार गरी आएको अवस्था पनि छ । तसर्थ मर्ने सुरकुमारीको ववाद सम्पत्तिमा वादी प्रतिवादी दुबै भाइहरुको वरावर अपुताली हक लाग्ने हुंदा वादी दावी बमोजिम वादी प्रतिवादीका नाममा संयुक्त नामसारी गरी दर्ता गरी दिने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6512
मुद्दाको विषयअपुताली हक कायम  ।
निर्णय वर्ष / मिति2054/08/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्