नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6519 · वि.सं. २०५५

नि.नं. 6519 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्णय पर्चाको व्यहोरामा टिप्पणी पेशभै टिप्पणी सदर गरेको भन्ने नदेखिएको निर्णय पर्चा भन्ने सम्म उल्लेख भएको, तथ्यको टिपोट गर्दै के कस्तो सवुदको आधारमा भनी विभागीय कारवाही सम्वन्धी कागजपत्र जिम्मा राख्नेले टिप्पणी पेश गरे झै पेश गर्ने भन्ने सम्म उल्लेख भै पेश भएको, निर्णय गर्नेले सही गर्ने ठाउंमा सदर भनी सही गरेकोबाट टिप्पणी वा अन्य व्यक्तिको राय सदर गरेको हो कि भन्ने झल्का पउन आए पनि टिप्पणी पेश गर्नेले मेरो यो यस्तो राय भनीलेखी सोही राय सदर गरेको भन्ने देखिदैन । राय पेश गरेको भन्ने नदेखिंदा कानूनले अधिकार प्राप्‍त अधिकारीले अर्काको य सदर गरेको भन्ने अवस्था नदेखिएको, अर्ध न्यायिक निकाय त्यसमा पनि प्रहरी अधिकारीले फैसला गर्दा पुर्‍याउनु पर्ने रीत सम्वन्धी छुट्टै ढांचा समेत प्रचलित कानूनमा नतोकिएको, निर्णयकर्ता भनी सही गर्ने निश्‍चित प्रचलन परिपाटी अभ्यास समेत भैसकेको अवस्था नहुंदा प्रस्तुत निर्णय पर्चालाई लांक्षणिक र उद्देश्यपरक रुपमा हेर्नुपर्ने हुन्छ । कानूनले तोकेको अधिकारी प्रहरी वरिष्‍ठ उपरीक्षकको पुछारमा सदर सम्म भन्ने उल्लेख भएको कारणले मात्र न्यायिक मन प्रयोग नगरेको भन्न मिलेन । किनकी न्यायिक मनको प्रयोग भन्नाले विवादित विषयमा सम्वद्ध सबै कुरालाई विचाराधीन लिई सवुद प्रमाणको मूल्याङ्कन गरी उपयुक्त कानूनको प्रयोग गर्ने कार्यला२ परिलक्षित गर्दछ । तसर्थ रिट निवेदन खारेज गर्ने गरेको मा.न्या. श्री उदयराय उपाध्यायको राय सदर हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6519
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2054/09/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री राजेन्दराज नाख्वा | माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय । | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्