(१) संशोधित मुलुकी ऐन अदालती बन्दोबस्त ५९ नं. तत्काल प्रचलित अ.बं.५९ नं.–तत्काल प्रचलित अ.बं. ५९ नं. अन्तर्गत गुज्रेको तारिख दोश्रोपटकसमेत थामिसके तापनि संशोधित अ.बं. ५९ नं. ले व्यवस्था गरेको ३० दिनमा उक्त भोगिसकेको दिनहरूको गणना गर्न तथा तारिख थमाउन बाँकी रहे…
(१) कुनैएक डिभिजन बेञ्चले कुनै प्रश्नउठाई त्यसको निर्णय दिएमा–अर्कोकुनै डिभिजन बेञ्चले त्यहीप्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुनेगरी निर्णय नगरेमा–रुलिङ्ग नमिलेको भन्न नहुने । प्रस्तुत मुद्दामा भएको ०२५।१२।१८।५ को डिभिजन बेञ्चको फैसलामा पुनरावेदन लाग्ने न…
(१) राजीनामा मिलापत्र मगज बिग्रेको अवस्थामा भएको भनी बदर गर्न उजूर नगरेमा उक्त मिलापत्र अदालतमा नै भएमा–सदर हुने, तत्काल प्रचलित अ.बं.को ६५ नं. को सहुलियत दिन नमिल्ने । उक्त राजीनामा मिलापत्र वादीको मगज बिग्रेको अवस्थामा भएकोले सदर मान्न नमिल्ने हो कि भन्ने शं…
(१) यस कानूनअन्तर्गत यस यसबाट यति यति दरले खान लिन पाउने फिरादपत्रमा स्पष्ट नखुलाई फुटकर आम्दानी भरी पाउँ भन्ने दावी गरेमा–सो भरी नपाउने । फिरादको तपसीलमा बेठिसमेत फुटकर आम्दानी साल १ को कं.रु.३८।।। दरले भराइपाउँ भनेको सो बेठिसमेतको फुटकर आम्दानी कुन कानूनले क…
(१) इन्कार रहन नसक्ने गरी जोरजुलुम कुटपिट गरेको नदेखिएमा–गाउँ घरमा र प्रहरी अफिसर समक्ष अभियुक्तले भनेको कुरा डरको कारणबाट भनेको भन्न नहुने । उस्मा पनि दासे खोलामा पुगेपछि जोष्टे ओडारमा चोरीको माल खोज्यो, सो ठाउँमा पाइएन । मैले धनमाल यसठाउँमा राखेको भिमबहादुरल…
(१) फिरादपत्र दर्ता हुनुभन्दा अधि नै को मुद्दामा म्याद भित्र थैली धरौटी राखेमा–थैली धरौट राख्न म्याद नाघेको भन्न नहुने । त्यस्तो सुविधा पाएको म्याद भन्दा पनि पहिले नै धरौट राखेकोले म्याद नघाई धरौट राखेको भनी प्रश्न उठ्नुपर्नेनै थिएन । यस मुद्दामा किनारा गर्नुप…
(१) कसैले बिभिन्न स्थानमा आफ्नो उमेर फरक फरक लेखेमा–अस्पतालबाट डाक्टरहरूको वोर्डले निजको अन्दाजी उमेर ठहर्याएकोमा–सोही ठहरअनुसार निजको उमेर कायमहुने । सर्वोच्च अदालत फुल बेञ्चका आदेशानुसार वीर अस्पतालबाट सत्यदेवको उमेर जाँची २८।२९ बर्षको हुन सक्छ भन्ने लेखी आ…
(१) बेदाममा जग्गा हडप गरे भन्ने गुनासो विद्यमान भएमा पनि भएको हुकुम प्रमांगीमा सवै मुद्दा हेर्नु भन्ने नभएमा र जग्गाको हक बेहकको निर्णय गरी जालसाजीमा सजाय गर्न माग निवेदनमा अंकित नभएमा–बाली दिलाउने र जग्गा चलन (मोही निष्काशन) बिषय जिल्ला अदालतको अधिकार क्षेत्र…
(१) वारदात भएको भनी गरेको जाहेरी मौका सर्जमिनबाट समर्थित हुनाको साथै घा जाँचबाट सो प्रमाणित भएमा–वारदात भएकै ठहरिने । २५ जनाको जमात भई धारिलो हतियारले मेरो हातको बुढी औला र चोर औंलामा काटी लाठी फट्टाले कुटपिट समेत गरी वारदात भए गरेको भन्ने निज रामचन्द्रको जाहे…
(१) दण्डसजायको २६ नं.–सरकारी बिगो उपर गर्दा सो धन खाँदाको बखत संगबस्ने सवै अंशियारको अंश जायजात गर्नुपर्ने व्यवस्था । सरकारी बिगो उपर गर्ने सम्बन्धमा दण्डसजायको २६ नं. मा सो धन खाँदा संगबस्ने सबै अंशियारको अंश जायजात गर्नुपर्छ भन्ने प्रष्ट व्यवस्था छ । वेदकुमा…
(१) प्रस्तुत फिरादपत्र दर्ता पूर्व ऐन कानूनबमोजिम गर्न भएको तोक लुकाउनका साथै अदालतबाट भएको लिलाम बदर गर्न फिरादपत्रमा दावी नगरेमा–उक्त लिलाम बारेको कारवाई रीत बेरीत अथवा सो लिलाम सदर बदरतर्फ विचार गर्न नमिल्ने । प्रस्तुत फिरादपत्र दर्ता गर्नु भन्दा पहिल नै था…
(१) अंश मुद्दा चल्दा चल्दैको अवस्थामा गरिदिएको छोडपत्र लिखत सदर हुने । छोडपत्र लिखत यो अंश मुद्दा चल्दा चल्दैका अवस्थाको भएकाले सदर हुने नहुने के हो ? भन्ने तर्फ हेर्दा मुद्दा फैसला नहुदै अंश दिने पाउने पक्षहरू बीचमा केही अंश लिनु दिनु समेत गरी यस्तो लिखत पास…
(१) सर्जमिनहरू मध्ये धेरैले शंका नलाग्ने र थोरैले शंका लाग्ने भनेमा र किटान बक्नेको कमि भएमा–घटनाक्रमको दरखास्त धेरै पछि परेमा–अघिल्लो र पछिल्लो दरखास्त परस्पर बाझिएमा–यथार्थ ज्ञान (थाहा नभएको) लुकाई घटनाको रिपोर्ट गरेमा–प्रत्यक्ष प्रमाणको अभावमा आरोपित (कसै म…
(१) कसै (स्वास्नी मानिस) को विवाह कसै (लाग्ने मानिस) सँग भएको भन्ने एकजना साक्षीको बकाई भए तापनि अरु साक्षीहरूले निज (लोग्ने मानिस) सँग निज (स्वास्नी मानिस) को विवाह नभएको भनेमा–निज महिलाले पनि पुरुषसँग विवाह भएको भन्ने कुरा अस्विकार गरेमा–निज पुरुषले आफूसँग न…
(१) कसैबाट (सर्जमिनहरूको समेत) झुठ्ठा कुरा बक्नु पर्ने कारणको अभावमा–मौकैमा वारदात नभएको भन्न नसकेमा र पुलिस केशवाट वारदात भएको भन्ने देखिएमा–वारदात भएको ठहरिने। ती सर्जमिनहरूले झुठ्ठा बयान गर्नुपर्ने कुनै कारण नदेखिएको, टिकुलिया गाउँमा हल्ला गरेको सुन्नासाथ ह…
(१) ससुरा नै घरको मुख्यको नाताले परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएमा–निज उपर बुहारी (छोराको स्वास्नी) ले मानाचामलको दावी गरेमा–अर्घेलो नदेखिने । यसमुद्दामा खिलकुमारीले लोग्ने माधवप्रसाद र ससुरा शंकरप्रसाद समेतलाई प्रतिवादी बनाए पनि ससुराले नै घरको…
(१) नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ४ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश–म्याद तारिख थमाउन हुलाकबाट निवेदन दिन नपाउने । ऐनको शब्द र वाक्य प्रष्ट भएकोमा उक्त शब्द र वाक्यकै सन्दर्भमा अक्षरशः व्याख्या गर्नुपर्ने हुन आउँछ । अतः उक्त प्रतिबन्धात्मक वाक्यांश…
(१) प्रचलित मुलुकी ऐन, लोग्ने स्वास्नीको ४ नं.– स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउने व्यवस्था । प्रचलित मुलुकी ऐन लोग्ने स्वास्नीको ४ नं. मा हेर्दा सासु ससुरासमेत भई वा लोग्नेले मात्र खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कूटपिट गरी दुःख…
(१) धेरै होसियारसाथ छानविन गरेर मात्र ज्यादै कम उमेरका कलिला केटाकेटीहरू (जसको सम्झना शक्ति र बिषय बुझ्ने शक्ति कम हुनु हुदैन) को बचनलाई प्रमाण लिन हुने । ज्यादै कम उमेरका कलिला केटाकटीको बचनलाई भर गरी प्रमाण मान्न सारै कठिन हुन जान्छ । बिषयअनुसार त्यस्ताहरूले…
(१) अंशको निम्ति कहीं उल्लेख नगरेमा–मिसिलबाट अंश दिनुपर्ने र पाउनुपर्ने नदेखिएमा–वादीले अंश दिन नपरोस भनेकै आधारबाट वादी मानाचामलको दावी लिई मुद्दा दायर गरेमा–तायदाती नआएको मुद्दाको संज्ञा दिई पुनरावेदनको म्याद दिन नमिल्ने । प्रतिवादीले अंश पाउँ भन्ने कहीं उल्…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) (पछि थप भएको) बमोजिमको मुद्दा मोहियानी हकको प्राप्ती वा मोहियानी हकको (तेरो मेरो सम्बन्धी) हेर्न उक्त ऐनको दफा २ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले सूचनाद्वारा तोकिदिएको अदालतले हेरे छिनेको मुद्दामा सोही ऐनको दफा ५५…
(१) महत्वपूर्ण सबूद भए दोहर्याई हेर्न मिल्ने, सो नभए नमिल्ने भन्ने बक्स भइआएको हुकुम प्रमांगीको व्यहोरा भएकोमा–प्रस्तुत सबूद महत्वपूर्ण नदेखिएमा दोहर्याई हेर्न नमिल्ने । हुकुम प्रमांगीको व्यहोराबाट महत्वपूर्ण सबूद भए दोहर्याई हेर्न मिल्ने, सो नभए नमिल्ने भई…