नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 488 · वि.सं. २०२६
नि.नं. 488 — गुठी बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) संशोधित मुलुकी ऐन अदालती बन्दोबस्त ५९ नं. तत्काल प्रचलित अ.बं.५९ नं.–तत्काल प्रचलित अ.बं. ५९ नं. अन्तर्गत गुज्रेको तारिख दोश्रोपटकसमेत थामिसके तापनि संशोधित अ.बं. ५९ नं. ले व्यवस्था गरेको ३० दिनमा उक्त भोगिसकेको दिनहरूको गणना गर्न तथा तारिख थमाउन बाँकी रहेको पटक समाप्त भएको भन्न नहुने तेश्रोपटक तारिख थमाउन पाउने । ने.का.व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ (ग) मा यसरी खारेज भएका कुनै ऐनबमोजिम पाएको हासिल गरेको वा भोगेको कुनै हक सुविधा कर्तव्य दायित्वमा असर पार्ने छैन भन्ने लेखेकोबाट निवेदकले पहिला, दोश्रापटक थमाएका दिन तत्काल प्रचलित ऐनबमोजिम भोगिसकेको भन्ने कुरा हुँदा उक्त भोगिसकेको दिनको गणना संशोधित ५९ नं.को ३० दिनमा गर्न हुँदेन र त्यसबाट बाँकी रहेको पटकको समाप्त भयो भन्न मिल्दैन । तसर्थ निवेदकले संशोधित ५९ नं.अनुसार ३० दिन भित्र तेश्रापटकको तारिख थमाउन पाउने नै देखिएको र म्याद भित्र निवेदन परिसकेको देखिएकोले व्यहोरा साँचो भए तेश्रापटकको तारिख थामी कानूनबमोजिम गर्नु । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 488 |
|---|---|
| मुद्दाको विषय | गुठी बाली |
| निर्णय वर्ष / मिति | 2026/03/10 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 488 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
