नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 478 · वि.सं. २०२६

नि.नं. 478 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रस्तुत फिरादपत्र दर्ता पूर्व ऐन कानूनबमोजिम गर्न भएको तोक लुकाउनका साथै अदालतबाट भएको लिलाम बदर गर्न फिरादपत्रमा दावी नगरेमा–उक्त लिलाम बारेको कारवाई रीत बेरीत अथवा सो लिलाम सदर बदरतर्फ विचार गर्न नमिल्ने । प्रस्तुत फिरादपत्र दर्ता गर्नु भन्दा पहिल नै थाहा भई निवेदन दिई ऐनसवाल बमोजिम गर्नु भन्ने तोक लागेको समेत कुरै फिरादपत्रमा गुम राखी लिलाम बदर गरिपाउँ भन्ने तर्फ कुनै दावी लिन नसकेको यस स्थितिमा प्रतिवादी लेखाईबाट प्रमाणमा पेश हुन आएको कानूनबमोजिम अधिकार प्राप्त अदालतबाटै भए गरेको उक्त लिलाम बिषय कारवाई भित्र पसी सो कारवाई रीत बेरित र सो लिलाम सदर बदर के हुने हो भन्ने कुरा छुट्याई निर्णय दिन वादी दावी बेगर यस मुद्दाबाट नमिल्ने समेत हुनाले त्यसतर्फ विचार गर्न मिल्ने देखिएन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.478
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2026/01/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 478
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्