नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 475 · वि.सं. २०२६

नि.नं. 475 — जारी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कसै (स्वास्नी मानिस) को विवाह कसै (लाग्ने मानिस) सँग भएको भन्ने एकजना साक्षीको बकाई भए तापनि अरु साक्षीहरूले निज (लोग्ने मानिस) सँग निज (स्वास्नी मानिस) को विवाह नभएको भनेमा–निज महिलाले पनि पुरुषसँग विवाह भएको भन्ने कुरा अस्विकार गरेमा–निज पुरुषले आफूसँग निज (महिला) को विवाह भएको तथ्य प्रमाण दिन नसकेमा–निज स्त्रीको निज पुरुषसँग विवाह भएको भन्न नमिल्ने । वादीको साक्षी जगेबहादुर १ जनाले २०१९ साल वैशाख १२ गते प्र.मोतीलाई वादीले विवाह गरी ल्याएको भन्ने बकेको भए पनि प्रतिवादीका साक्षी दलवीर वटालासमेतका ४ जनाले ०१८ साल फाल्गुण २५ गते प्र.लालबहादुरले विवाह गरी ल्याएको भन्ने बकेकासमेत देखिएकाले वादीको शिर्फ १ जना साक्षीको बकाईका भरमा वादीकी स्वास्नी कायम गर्न नमिल्ने र वादीले मसँग विवाह भएको भनेको प्र.मोतीले प्र.लालबहादुरसँग नै विवाह भएको हो । वादीसँग विवाह भएको होइन । वादीले विवाह गर्न माग्न आएकोमा मञ्जुर नगरेको रीसले झुठ्ठा उजूर गरेको हो भन्नेसमेत इन्कार लिएकी, निज मोतीको आफूसँग विवाह भएको हो भन्ने कुराको अरु तथ्य सबूद प्रमाण वादीले गुजार्न सकेको देखिएन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.475
मुद्दाको विषयजारी चोरी
निर्णय वर्ष / मिति2025/12/29
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 475
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्