नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 484 · वि.सं. २०२६
नि.नं. 484 — चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) इन्कार रहन नसक्ने गरी जोरजुलुम कुटपिट गरेको नदेखिएमा–गाउँ घरमा र प्रहरी अफिसर समक्ष अभियुक्तले भनेको कुरा डरको कारणबाट भनेको भन्न नहुने । उस्मा पनि दासे खोलामा पुगेपछि जोष्टे ओडारमा चोरीको माल खोज्यो, सो ठाउँमा पाइएन । मैले धनमाल यसठाउँमा राखेको भिमबहादुरलाई भनेको थिएँ । निजले लग्यो होला भन्ने र थानामा अफिसरले सोधपुछ गर्दा चोरीमा साविती भई भनी दिएँ । तर सो कुरा प्र.पं.दलबहादुर समेतले कुटेको समेत डरका मारे भनेको हुँ भन्ने ताराप्रसादको बयान भएकोमा आफ्नु कसूर नभए अदालतमा आई ईन्कार गर्न सकेसरह गाँउ घरमा र प्रहरी अफिसरसँगसमेत इन्कारै रहन नसक्ने किसिमको जोरजुलुम कुटपिट भएगरेको नदेखिएकोले डरका मारे उक्त कुराहरू भनेको भन्ने भनाई प्रतित देखिँदैन । (प्रकरण नं. २७) (२) कुनै व्यक्ति कुनै अभियोगमा सावित भएको कसूरदारसँग अपराध गरिएको भनेको समयमा संगसाथ रहेका–निज (सँग साथ रहने) लाई झुठ्ठा पोल गर्नपर्ने कारणको अभावमा–निज (सँग साथ रहने) निर्दोषी भन्न नहुने । नन्दलालसँग सो रात मेरै एकैसाथ रहेबसेको र नन्दलालले झुठ्ठा पोल गर्नुपर्ने ईवी कारण नदेखिएकोबाट पनि ताराप्रसादलाई निर्दोषी भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. २७) (३) चोरीको बिगो बढी भनेर तल्लो अदालतले गरेको निर्णयमा पुनरावेदन नगरी बसेमा चोरी भएको भनिएको नगदी पनि रहेको स्थिति दस्तखतमा खुलाउन नसकेमा–सो दुवै बढी बिगो र नगद चोरी भएको भन्न नहुने । चोरी भएको बिगोतर्फ दरखास्तवाला पूर्णकुमारले रु.७०००।२० को धनमाल चोरी गरेको भन्ने मध्ये गहना र भारतीय नोटलाई बढी लेखेको ठहराई तत्कालिन पाल्पा जिल्ला अदालतले निर्णय गरेउपर वादीको पुनरावेदन नपरेको र नेपाली नगदी रु.२४००। चोरी भएको सुड्केसमा नै राखेको थियो भन्ने पूर्णकुमारको दरखास्तमा नलेखिएको अन्यत्र यस ठाउँमा यसरी राखेको भन्ने पनि नखुलेको समेतबाट नेपाली नगदी (मुद्रा) रु.२४००। पनि चोरी भएको भन्ने दरखास्तवालाको भनाई प्रतित देखिएन । सो रु.२४००। पनि बाहेक गरी नम्वर खुद्रा गरी ने.नोट २०००। र सो राखेको सुड्केससम्म चोरी भएको देखिन आउँछ । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 484 |
|---|---|
| मुद्दाको विषय | चोरी |
| निर्णय वर्ष / मिति | 2026/02/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 484 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
