नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 467 · वि.सं. २०२६

नि.नं. 467 — मोहियानी कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) (पछि थप भएको) बमोजिमको मुद्दा मोहियानी हकको प्राप्ती वा मोहियानी हकको (तेरो मेरो सम्बन्धी) हेर्न उक्त ऐनको दफा २ को अधिकार प्रयोग गरी श्री ५ को सरकारले सूचनाद्वारा तोकिदिएको अदालतले हेरे छिनेको मुद्दामा सोही ऐनको दफा ५५ अनुसार अन्तिम हुने–त्यसउपर पुनरावेदन नलाग्ने । भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ७ ले मुल ऐनको दफा ३१ (क) थपेको, जो निम्न प्रकारको छ । “३१. (क) मोहियानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धी मुद्दा कुनै जग्गाको सम्बन्धमा परिच्छेद बमोजिमको मोहियानी हकको प्राप्ती वा मोहियानी हकको तेरो मेरोको कुरामा झगडा पर्न आएमा त्यस्को निर्णय तोकिएको अदालतबाट गरिनेछ ।” भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (ञ) ले श्री ५ को सरकारलाई सूचित आदेश निकाल्ने अधिकार भएको सोही दफा २ (ञ) ले दिएको अधिकार प्रयोग गरी सरकारले २०२४।१०।९ को राजपत्रमा सूचना प्रकाशित गरेको देखियो । उक्त २०२४।१०।९ को राजपत्रमा दफा ३१ (क) को मुद्दा हेर्न जि.अ.लाई तोकेको देखियो । त्यस्तो तोकिएको अदालतले हेरे छिनेको मुद्दा भू.सं.ऐन, २०२१ को दफा ५५ ले अन्तिम हुने देखिएकोले प्रस्तुत पुनरावेदन लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.467
मुद्दाको विषयमोहियानी कायम गरिपाउँ
निर्णय वर्ष / मिति2025/09/20
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 467
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्