नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 477 · वि.सं. २०२६
नि.नं. 477 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश मुद्दा चल्दा चल्दैको अवस्थामा गरिदिएको छोडपत्र लिखत सदर हुने । छोडपत्र लिखत यो अंश मुद्दा चल्दा चल्दैका अवस्थाको भएकाले सदर हुने नहुने के हो ? भन्ने तर्फ हेर्दा मुद्दा फैसला नहुदै अंश दिने पाउने पक्षहरू बीचमा केही अंश लिनु दिनु समेत गरी यस्तो लिखत पास गरी लिनु दिनु गर्न नहुने, कानूनले बन्देज गरेको देखिन आएन । वादी सतमाया ज्यापुनी प्रतिवादी लक्ष्मीदेवी तुलाधर्नी समेतको दे.फु.२१३ को अंश मुद्दामा पनि मुद्दा चलिरहेकै अवस्था वादी पक्षले गरिदिएको छोडपत्र लिखत सदर हुन्छ हुदैन भन्ने यस्तै प्रश्न उठेकोमा मुद्दा परिरहेको अवस्था यस्तो लिखत गर्न हुँदैन भन्ने कानूनी व्यवस्था नभएकोले उक्त छोडपत्र लिखतलाई कानूनले सदर मान्नु पर्ने देखिन्छ भन्ने ठहर गरी ०१९।१२।९।६ को फुल बेञ्चबाट निर्णय भइराखेको देखिएको, त्यसमा असहमती हुने ठोस कारण कुनै देखिन नआएको समेत हुँदा उक्त छोडपत्र लिखत सदर नहुने भन्न भएन । (प्रकरण नं. ११) (२) तत्काल अंशबण्डाको ५१ नं.–अंशमा चित्त नबुझ्नेले लिखत पास भएको ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने व्यवस्था चित्त नबुझेको भन्ने बिरोध दर्शाउँदै अंशबाट त्यसतर्फ विचार गर्न नमिल्ने । उक्त छोडपत्र लिखतबाट अंशमा घटिबढी परेको अथवा अन्य कुनै कारणले अंशमा चित्त नबुझेको समेत भए तत्काल प्रचलित अंशबण्डाको ५१ नं. बमोजिम उक्त लिखत पास भएको मितिले तिन ३ महिनाभित्र छुट्टै उजूर गर्नुपर्ने कानूनी व्यवस्था भइराखेको कुरामा चित्त बुझेन भनी यो मुद्दामा बिरोधसम्म दर्शाउँदैमा त्यसतर्फ यस मुद्दाबाट विचार गर्न मिल्ने पनि देखिंदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 477 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2026/01/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 477 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
