(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ र ५०–ऋण निश्चितको कारवाई गर्दा बाँकी थैली (भोग बन्धकीको) लाई कपाली सरह ब्याज खानु भन्ने निर्णय गर्न नहुने । दफा ५० ले बाँकी साँवा किस्तावन्दीमा बुझाउन पाउने गरी आदेश दिनसम्म सक्ने व्यवस्था गरेकोले उक्त दफा ५० र ४५ अनुसार उपर…
(१) निवेदनको हक प्रचलनमा खास परिणाम र निजलाई वास्तविक लाभको अभावमा–गैरकानूनी कार्य विद्यमान राख्न नहुने भन्ने अभिप्रायले मात्र उत्प्रेषणको रिट जारी गर्न नमिल्ने। उक्त आदेश जारी गर्दा निवेदकको हक प्रचलन गर्नमा कुनै खास परिणाम उपलव्ध हुन सक्तैन र त्यसबाट निजलाई…
(१) निजामती सेवा नियमावली, २०२१ को नियम १० (२)–स्पष्टिकरण लिई नोकरीबाट अवकाश गर्नु भन्ने आदेश नि.से.नी. १० (२) अनुसार सजाय दिने अधिकार प्राप्त अधिकारीले दिएमा–स्पष्टिकरण लिई स्पष्टिकरण सन्तोष जनक नभएको भनी वरखास्त गरेमा–अधिकार प्राप्त अधिकारीले आदेश दिई आफैले…
(१) तत्काल प्रचलित अ.बं.१८१–पेटबोलीबाट बुझ्नपर्ने व्यक्तिलाई पेटबोलीबाट बुझी कारणी बनाई तहतह फैसला हुँदै आएमा–त्यसतर्फ विचार गर्न नपर्ने । अष्टमायाले विक्री गरेकी जग्गामा वादीको दावी परेकै र साहू लक्ष्मणहरी देखिन आएको निजउपर उजूर नभए पनि त्यस्तो व्यक्तिलाई पेट…
(१) हालको जग्गाको नाप ठहर अनुसार पाउनुपर्ने बाली भन्दा बढी बालीको दावा गरी कचमच गरी बुझी नलिई आलटाल गरी धरौट राख्ने म्याद पनि गुजारेको देखिएमा–बाली नबुझाएको कारण मोहीलाई जग्गावाट निष्कासित गर्न नहुने । हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गा मात्रको बाली प…
(१) तायदाती मुचुल्कामा घरसारमा अंशबण्डा गरी माना समेत छुट्टिसकेको साल मात्र लेखी महिनामा र मिति नखुलेमा–सोही सालको वैशाख १ गतेलाई मानोछुट्टिएको मिति कायम हुने । २००६ साल वैशाख २३ गतेको तायदाती मुचुल्काका २००० सालदेखि घरसारमा अंशबण्डा गरिसकेको मानो समेत छुट्टी…
(१) सर्वोच्च अदालत ऐन, २०२१ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश–अदालतको अपहेलना हुने अपशब्द उल्लेख गर्ने व्यक्तिले सो गरेवापत क्षमायाचना गरेमा–अदालतको अपहेलना सम्बन्धी कारवाई एकपटकलाई चलाउन नपर्ने । हार्नै नसक्ने मुद्दा हारी ठुलो चोट पुगी चित्त विकल भइरहेको अव…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८–यस दफाअन्तर्गत जग्गा जफत गर्नु पूर्व उक्त ऐनको दफा १४ मुताविक लगत प्रकाशित गरी भूल सच्याउने अवसर नदिएमा र फाराममा अभिभावक भनी लेख्नुपर्नेमा हकवाला भनी लेखेको कारणबाट जग्गा जफत नहुने । भूमिसुधार अधिकारीले भु.सं.ऐन, ०२१ को दफा…
(१) तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेमा–सो कायमै रहेको स्थितिमा तल्लो अदातल (जस्तोःइलाका) लाई केही गर्न (जस्तो : नक्सा गर्न) भएको आदेशानुसार सो गर्न निज (पुनरावेदक) रोहवरमा राख्नु पर्ने भई झिकाई उक्त तल्लो अदालतमा तारिखमा रहँदा गुजारेको तारिख सर्वोच्च अदा…
(१) साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं.को व्यवस्था कस्तोलाई नलाग्ने ?–प्रतिवादी जस्तै कारणी हुनसक्ने व्यक्ति बुझ्न सक्नेसम्म भएको साविक अ.बं.नं.१८१ साविक अ.बं.१३९ नं.को व्यवस्था वादी कायम हुनपर्ने अवस्थाको व्यक्तिलाई लागू नहुने । त्यसको हकमा वादी प्रतिवादीको पेट…
(१) मुलुकी ऐन रजिष्ट्रेशनको ५ नं. भूमीसम्बन्धी ऐनको दफा ७ (३)–रजिष्ट्रेशनको ५ नं. अनुसार जग्गा राजीनामा लिखत पास गर्न भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले बाधा नदिने । अतः उपरोक्त कारणहरूबाट वादी दावीका लिखतपास हुन्छ भनी ठहर गर्न उक्त भूमिसम्बन्धी ऐनको दफा ७ (३) ले…
(१) निजामती सेवा ऐन, २०१३ को दफा ९ को उपदफा (१) र (३)–निजामती सेवा ऐन, २०१३ को दफा ९ को उपदफा (३) मुताविक समिति गठन गर्न समयमै निवेदन दिंदा पनि सरकारबाट समयमा समिति गठन नगरेमा–सोही ऐनको सोही दफाको उपदफा (१) ले तोकिएको म्याद भित्र प्रस्तुत नालेस खारेज नहुने । उ…
(१) जुन कानूनले जसलाई अधिकार तोकिदिएको छ त्यसैबाट सो कानूनी अधिकार प्रयोग गर्नुपर्ने–न्याय प्रशासन ऐेन, २०१६ को दफा १९ को उपदफा २ को खण्ड (ग) प्रयोग गर्नुपर्नेले सोही उपदफाको खण्ड (क) प्रयोग गरे कानून अनुरुप भएको नहुने । जिल्ला अदालतले उक्त खण्ड (क) बमोजिम अपी…
(१) अभिवक्ता (वकिल) को जिकिर आफ्नै पक्षको भनाईसँग मेल नभएमा–निजको उक्त जिकिरमा सहमत हुन नमिल्ने । आफ्नो पक्ष ना.सु.गोविन्दलालले पहिले अदालतमा गरेको बयानमा अर्धकट्टि रसिदमा मेरो दस्तखत भइसकेपछि त.ख.गोविन्दप्रसादले पछि अंक अक्षरहरू थप केर गरी सच्याई रु.११०। खाई…
(१) पुनरावेदन गर्न पाउने हक प्राप्त भएकोमा अड्डाको गल्ती सुस्तीले उक्त पुनरावेदनको म्याद पाउनमात्र बाँकी रहेको स्थितिमा सो म्याद पाउन पूर्व नै पुनरावेदन दर्ता भैसकेमा–उक्त पुनरावेदन कायम हुने र पछि अर्को पुनरावेदन दिन नपर्ने । उक्त ०२४।२।२२।२ को डिभिजन बेञ्चको…
(१) निवेदकको हक अधिकारमा असर नपर्ने डिभिजन बेञ्चको आदेशको औचित्यमा विचार गर्न नपर्ने । उस्मा पनि जुन अंश मुद्दा परेको कारणबाट यो मामिला चली उपरोक्त आदेश भएको थियो, त्यो अंश मुद्दा नै उपरोक्त उल्लेख भएबमोजिम वादीले दावी छोडी मिलापत्र गरेकोबाट निवेदिकाको सम्पपत्…
(१) आरोप लागेको व्यक्तिहरूको जिकिर फरक परेमा–आरोपित कसूर (जस्तो–घाउ खत) गरेकै ठहरिने । अदालतको सुरु बयानमा पिङ्ग खेल्ने ठाउँमा प्रतिवादी पक्षलाई मात्र चोटपटक लागेको र धनिराम समेत त्यहाँबाट घर आइसकेपछि निज प्रतिवादीहरू पञ्चायत भवनमा निजसँग भेटी कुरा गर्दासम्म ध…
(१) कर अफिसरहरूले ७ दिनको मात्र म्याद थाम्न सक्छ भन्ने कानूनी आधार नभएमा–आय र कर अदालतबाट मुलूकी ऐन, अ.बं.को ५९ नं. लागू गर्न नसक्ने भन्ने जिकिर कानूनसंगत नहुने। माथि उल्लेखित बिभिन्न कर ऐनहरूमा उल्लिखित कर अफिसरहरूले ७ दिनको म्याद थाम्ने अधिकार मात्र पाएको छ…
(१) तत्काल प्रचलित अ.बं.१०६ नं.–मिलापत्र मुताविक जस्को जुन कुराको उपभोग गर्न पाउने हो, सो उपभोग गर्न नपाएमा–उपभोगको लागि उसैबाट दावी गर्नुपर्ने । मुख्यतः ९३।५।१६।२ को मिलापत्रमा आयस्ता बाहाल साविकै बमोजिम पुजाहारी भजनियाले लिई चलाउने भन्ने शर्त रहेको यदि प्रति…
(१) रजिष्ट्रेशन अड्डाको कर्मचारी समेत मिली झुक्याई पास गराएको भनी बदर गराउन नसके–पूर्व ऋण अरु श्रोतबाट तिरेको भन्न नसके–रजिष्ट्रेशन अड्डा गई साहू तिरी पास भएका उक्त लिखतलाई झुक्याई गराई लिएको भन्न नहुने । लिखत पास गराउन आएमा लिखतको व्यहोरा सुनाई सम्झाई बुझाई ल…
(१) बहालमा बसेको भन्ने नभएमा–बहाल कवुलित नभएको भन्ने तर्क अप्रासांगीक हुने । बहाल लिई बसेको भन्ने नभएपछि कबुलियत हुनसक्ने कुरै नभएकाले किटानी बहाल कबुलियत नभएको भन्ने तर्क उठाइएको लाई प्रासांगीक मान्न भएन । (प्रकरण नं. १३) (२) लिन नहुने नजानी घर (जग्गा आदि) फा…
(१) कुनै लिखत सम्बन्धित अड्डाको कर्मचारीहरू मिली कीर्ते जालसाज गरेको प्रमाणित गर्न नसकेमा–उक्त लिखत पास भएको मितिभन्दा पहिले नै जालसाज गरी खडा गरेको भनेमा–सो लिखत कीर्ते जालसाजको परिणम भन्न नहुने । कानूनबमोजिम मालका हाकिम कारिन्दाहरू उपर उजूर गर्ने स्वीकृति पा…
(१) पक्ष बिपक्ष दुवैको लेखाईबाट रिट निवेदन दिनुपर्ने कारण चुनाको नतिजा हो भन्ने स्वीकार गरेमा–उक्त निवेदन निर्वाचन सम्बन्धी मुद्दा मामिला हुने । निवेदक तथा विपक्षी षडानन्द शर्माले निर्वाचन विशेष अदालतमा परस्पर आरोप प्रत्यारोप गरी उजूर दिनुपर्ने कारण ०२५।२।२४ क…