नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 507 · वि.सं. २०२६
नि.नं. 507 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तायदाती मुचुल्कामा घरसारमा अंशबण्डा गरी माना समेत छुट्टिसकेको साल मात्र लेखी महिनामा र मिति नखुलेमा–सोही सालको वैशाख १ गतेलाई मानोछुट्टिएको मिति कायम हुने । २००६ साल वैशाख २३ गतेको तायदाती मुचुल्काका २००० सालदेखि घरसारमा अंशबण्डा गरिसकेको मानो समेत छुट्टी सकेको भनी लेखिएको महिना मिति केही नखुलेको यहि मिति भनी किटान नभएमा वादी प्रतिवादीहरूको व्यवहारमा कचमच पर्ने समेत हुनाले २००० साल वैशाख १ गतेलाई मानु छुट्टिएको मिति कायम गर्नु मुनासिव देखिन्छ । (प्रकरण नं. १५) (२) प्रस्तुत लिखत प्रमाण हुने सम्भव देखी सद्दे कीर्ते सुनाई तहकिकात वादको कारवाईले उक्त लिखत प्रमाण लाग्न नसक्ने देखिएमा–उक्त सद्दे कीर्ते तहकिकातलाई मान्यता नदिए पनि हुने । प्रमाणमा पेश भएको कागज परस्पर सुनाउनु पर्ने र कीर्ते जालसाजी भनेमा कीर्ते जालसाजी मुद्दा चल्ने अदालती बन्दोबस्तको ७८ नं. मा व्यवस्था छ । पहिले पेश भएको लिखतलाई प्रमाण लाग्ने हो भनी पक्षहरूले देखाएमा त्यसबखतमा हेर्दा यो कागज पनि प्रमाण हुनसक्ला भन्ने सम्भव भएको कागजलाई सद्दे कीर्तेमा सुनाई तहकिकात भएपछि भएका कारवाईले त्यो लिखतमा प्रमाणै लाग्न सक्ने व्यहोरा देखिन आएन भने त्यस्तो सद्दे कीर्तेको तहकिकातलाई मान्यता नदिए हुन्छ । (प्रकरण नं. १६) (३) कसैलाई अंश भाग गर्नुपर्ने भन्ने मुचुल्का बदर गर्न कारवाई चलाएको नदेखिएमा–निजको बण्डा लाग्ने भन्नेमा मञ्जुरी भइराखेमा–निजको बण्डा नलाग्ने भन्ने जिकिर बेमनासिव । त्यसरी वादी दामोदरको सहोदर दाजु मेघराजको भाग लाग्नु पर्ने भनी मुचुल्का गराएको बदर होस भनी कुनै कारवाई चलाएको जिकिर मिसिलहरूबाट नदेखिएकोले दुवै नालको बण्डा लाग्ने हो भनी आफु मञ्जुर भइराखेको कुरामा अहिले सौतेनी भाइहरूको बण्डा लाग्ने होईन भन्ने जिकिर मुनासिव देखिँदैन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 507 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2026/06/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 507 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
