नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 506 · वि.सं. २०२६
नि.नं. 506 — गाली बेइज्जती
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गाली बेइज्जती ऐन, २०१६ को दफा ३– १. विन्तीपत्रमा भ्रष्टाचार समेतको दोष लगाई अरुको इज्जतमा धक्का पुर्याएमा–बेइज्जत गरेको ठहरिने । मुद्दामा मर्का पर्यो भनी दोहर्याउन कोशिस गर्ने निवेदकले बिन्तिपत्रमा लेखिएका बोलीहरूद्वारा आफ्नो दुःखको हद ठुलो देखाउने मनसाय गरेको भए पनि अर्काको इज्जतमा धक्का पुर्याउने नियतले यस्तो भ्रष्टाचार समेतको दोष लगाई लेखेकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अनुसार बेइज्जती गरेको मानिने प्रष्ट छ । (प्रकरण नं. ७) २. एकै तकसिरमा दुई तर्फ सजाय हुने (जस्तोःन्यायाधीशले घुस खायो र अरुले खुवायो भन्ने) मा–एकातर्फ सजाय गरिसकेमा र अर्कोतर्फ सजाय गर्न पूर्व माफी मागेमा–माफी मागे तर्फ केही गर्न नपर्ने र गरिसकेको सजाय बढी भए कम गराउन हुने । न्यायाधीशहरूले भ्रष्टाचार गरेको भनी उक्त विन्तिपत्रमा लेखेको कलममा अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर भएकोमा गणेशराजको क्षमायाचनाबाट अदालतको अपहेलना मुद्दामा केही गर्नु नपर्ने गरी आजैका मितिमा यसै बेञ्चबाट किनारा भएकोले सोही तकसिरमा सम्मिलित भएको भनी वादीलाई भनेकोमा छुट्टै सजाय गर्दा खाने भनेमा एकतर्फ र खुवाउने भनेमा एकतर्फ भई २ कुराको अपहेलनाबाट सजाय लाग्ने भएकोमा त्यही तकसिरको १ तर्फ सजाय नलाग्ने भएपछि अर्कोतर्फ सजायमा फरक गर्नु परेको छ । यस्तो क्षमायाचनाको कुरा फौज्दारी इलाका अदालतबाट फैसला गरेको मिति ०२० साल चैत्र २३ गते भन्दा पहिले गरेको थिएन । त्यस कुरामा ध्यान राख्न नपाई उपरोक्त ठहर गरी सुरु अदालतले तोकेको सजाय गर्न मुनासिव नपरी वादीलाई नचाइदो लान्छना लगाएकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ५ ले प्रतिवादीलाई रु.१००। एकसय जरिवाना हुन्छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 506 |
|---|---|
| मुद्दाको विषय | गाली बेइज्जती |
| निर्णय वर्ष / मिति | 2026/05/31 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 506 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
