नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 499 · वि.सं. २०२६
नि.नं. 499 — बन्धकी थैली बुझाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जुन कानूनले जसलाई अधिकार तोकिदिएको छ त्यसैबाट सो कानूनी अधिकार प्रयोग गर्नुपर्ने–न्याय प्रशासन ऐेन, २०१६ को दफा १९ को उपदफा २ को खण्ड (ग) प्रयोग गर्नुपर्नेले सोही उपदफाको खण्ड (क) प्रयोग गरे कानून अनुरुप भएको नहुने । जिल्ला अदालतले उक्त खण्ड (क) बमोजिम अपीलको म्याद दिनुपर्ने नदिएको कुरालाई लिई उच्च अदालतबाट सो दफा उल्लेख गरेकोलाई कानूनी मान्नु पर्ने भन्ने तर्क उठेको हकमा यदी उक्त खण्ड (क) बमोजिम अपीलको म्याद दिनुपर्ने नदिएको भन्ने कुरालाई उच्च अदालतले जटिल कानूनी प्रश्न समावेश भएको मानेका अवस्थामा पनि अपील गर्न पाउने विशेष अनुमति दिंदा आफूलाई अधिकार तोकिएको खण्ड (ग) नै प्रयोगमा ल्याउनुपर्ने हो । किनकी यस्तो कानूनी अधिकार प्रयोग गर्दा आफूलाई जुन कानूनले अधिकार तोकिदिएको छ, सो नै प्रयोग गर्नुपर्ने हुन्छ । मध्यमाञ्चल उच्च अदालतको उक्त ०१८।५।२६।२ को आदेशमा शुद्धरुपले जिल्ला न्यायाधीशको अधिकार तोकिएको खण्ड (क) प्रयोग गरी उक्त खण्ड (क) अनुसार भनी अपील गर्न पाउने निस्सा आदेश गरिदिएकोलाई कानूनबमोजिम मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 499 |
|---|---|
| मुद्दाको विषय | बन्धकी थैली बुझाई पाउँ |
| निर्णय वर्ष / मिति | 2026/04/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 499 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
