नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 492 · वि.सं. २०२६

नि.नं. 492 — घरबाट उठाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रजिष्ट्रेशन अड्डाको कर्मचारी समेत मिली झुक्याई पास गराएको भनी बदर गराउन नसके–पूर्व ऋण अरु श्रोतबाट तिरेको भन्न नसके–रजिष्ट्रेशन अड्डा गई साहू तिरी पास भएका उक्त लिखतलाई झुक्याई गराई लिएको भन्न नहुने । लिखत पास गराउन आएमा लिखतको व्यहोरा सुनाई सम्झाई बुझाई लिखत गरी दिनेले मञ्जुर गरेमा मात्र सहिछाप गराई पास गरी दिने रजिष्ट्रेशन अड्डाको कर्तव्य हो, त्यसो नगरी रजिष्ट्रेशन अड्डा समेत मिली झुक्याई सही गराई पास गरेको भए अड्डाका कर्मचारी समेत उपर ऐनबमोजिमको उजूर गरी बदर गराउन सक्नुपर्ने सो गरेको नदेखिएको र तिरिएको अष्टमानको थैली अरु यो यस श्रोतबाट तिरे बुझाएको हो भन्ने प्रतिवादीको जिकिर नदेखिएकोले पुरानो साहू समेत तिरी रजिष्ट्रेशन अड्डामा गई पास गराई लिएको फार्सेलाई झुक्याई गराई लिएको भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४) (२) तत्काल प्रचलित अ.बं.३४–कागज गराउँदा बौलाह भई वारेसवाला राख्नु पर्ने अवस्थाको हुँ भनी जिकिर नलिनाका साथै उक्त कागज मञ्जुरीबाट गरेको भन्ने स्वीकार्दै तारिखमा पनि आफै बसेमा वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाको मानिस भन्न नहुने । रोगले होस ठेगाना नभएको बौलाएको आफ्नो दौलतको हिसाव गर्न नसक्नेको कागज गराउँदा वारेसवाला राख्नु पर्ने प्रष्टछ । लक्ष्मी थकुं त्यस्तो अवस्थाकी भए नभएको हेर्दा प्रथम त्यस्तो अवस्थाको थियो भन्ने निजतर्फकै जिकिर लेखाई कहीं भएको देखिन नआएको, शेषपछिको बकसपत्र गर्न मेरो मञ्जुरी थियो भन्ने निजकै भनाई भएको र झन प्रस्तुत मुद्दामा पनि प्रतिवादी समेत दिई आफै तारिखमा रही पैरवी गरेको देखिएकोले उक्त ऐनबमोजिम वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाकी मानिस हुन् भन्न भएन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.492
मुद्दाको विषयघरबाट उठाई पाउँ
निर्णय वर्ष / मिति2026/03/27
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 492
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्