नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 500 · वि.सं. २०२६
नि.नं. 500 — तलब दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामती सेवा ऐन, २०१३ को दफा ९ को उपदफा (१) र (३)–निजामती सेवा ऐन, २०१३ को दफा ९ को उपदफा (३) मुताविक समिति गठन गर्न समयमै निवेदन दिंदा पनि सरकारबाट समयमा समिति गठन नगरेमा–सोही ऐनको सोही दफाको उपदफा (१) ले तोकिएको म्याद भित्र प्रस्तुत नालेस खारेज नहुने । उक्त दफा ९ को उपदफा (३) बमोजिम समिति गठन गरी निवेदन उपर निकासा भएपछि मात्र उपदफा (१) बमोजिम सर्वोच्च अदालतमा नालेस गर्न पाउने उक्त दफाहरूमा उल्लेख भएको पाईंदैन । उक्त दफा ९ को उपदफा (३) बमोजिम समिति गठन गरिपाउँ भनी पक्षले मौकैमा निवेदन दिंदा दिंदै पनि सो अनुसार सरकारले समयमा समिति गठन गरी नदिएको समेत यस स्थितिमा उक्त दफा ९ को उपदफा (१) को खण्ड (ख) ले तोकिदिएको ४ महिना म्याद भित्रै ऐनले निर्देश गरेअनुसार परेको प्रस्तुत नालेसलाई उपदफा (३) बमोजिम समिति गठन गरी निवेदन उपर निकाशा हुन बाँकी नै भएको भनी खारेज गर्न मिल्ने देखिएन । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 500 |
|---|---|
| मुद्दाको विषय | तलब दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2026/04/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 500 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
