नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 505 · वि.सं. २०२६

नि.नं. 505 — अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सर्वोच्च अदालत ऐन, २०२१ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश–अदालतको अपहेलना हुने अपशब्द उल्लेख गर्ने व्यक्तिले सो गरेवापत क्षमायाचना गरेमा–अदालतको अपहेलना सम्बन्धी कारवाई एकपटकलाई चलाउन नपर्ने । हार्नै नसक्ने मुद्दा हारी ठुलो चोट पुगी चित्त विकल भइरहेको अवस्थामा अरु कुरा सोच्नै नसकी त्यस किसिमको उजूरी जाहेरी श्री ५ का जुनाफमा गरेको हुँ अपहेलना गर्ने नियतले लेखेको नहुनाले म उपर कानूनी कारवाई नचलोस भनी क्षमायाचना गर्छु भन्नेसमेत प्रतिवादी गणेशराजले ०२५।५।२६।३ को लिखितजवाफ पेश गरेको, हाल प्रतिवादी गणेशराज तारेखमा रुजु नरहेको प्रस्तुत मुद्दा ०२६।५।१७।३ मा पेश भई आज निर्णय सुनाउन तारिख तोकिएको थियो । निज प्रतिवादी गणेशराजले उपरोक्त किसिमसँग क्षमायाचना गरेकोले सर्वोच्च अदालत ऐन, ०१९ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार यो पटकलाई केही गर्नु पर्दैन । (प्रकरण नं. १)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.505
मुद्दाको विषयअपहेलना
निर्णय वर्ष / मिति2026/05/31
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 505
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्