नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 491 · वि.सं. २०२६

नि.नं. 491 — बहाल भराई घर चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बहालमा बसेको भन्ने नभएमा–बहाल कवुलित नभएको भन्ने तर्क अप्रासांगीक हुने । बहाल लिई बसेको भन्ने नभएपछि कबुलियत हुनसक्ने कुरै नभएकाले किटानी बहाल कबुलियत नभएको भन्ने तर्क उठाइएको लाई प्रासांगीक मान्न भएन । (प्रकरण नं. १३) (२) लिन नहुने नजानी घर (जग्गा आदि) फार्छे गरी लिएमा–थैली कपाली सरह ब्याज समेत भराई लिनपाउने निर्णय भइरहेमा–फार्छे गरिलिएको उक्तघरको बहाल लिनेले तिर्न पर्ने । पहिला परेको धर्मलोप मुद्दामै प्रतिवादी राधामायाले नजानी लिएको र थैलीको हकमा ऐनबमोजिम कपाली सरह भराई लिन पाउने समेत ठहरी निर्णय भई उक्त साहू आसामीको २६ नं.को सुविधा पाइराखेको त्यसबाट ऐनबमोजिम आफ्नो थैलीको ब्याज समेत भराई लिन पाउने नै भएपछि घरको बहाल तिर्नु नपर्ने भन्न मिल्ने देख्रिंदैन । (प्रकरण नं. १३) (३) व्यक्तिगत उपभोगको निम्ति नभई धर्मलोप नहुने गरी गुठी राखेको सम्पत्ति गुठी भइरहने गरी उक्त सम्पत्तिको लागि गुठियार मध्ये एकजनाले मात्र उजूर गर्न हुने । गुठीको घर हुनाले चलन पाएपछि वादीको निजी हक हुने नभई गुठी नै कायम रहने र बहालको हकमा पनि ५६ सालको दानपत्र भनेको लिखतबाट शेष खान नपाउने गुठी देखिन आएकोले दावीबमोजिम बाहाल भरी पाएपछि वादी आफुले लिन खान नपाउने सो रुपैंया गुठी नै रही त्यसबाट घर मरमत समेत गुठीकै काम चलाउनु पर्ने कुरा भएको वादीको लेखाई मासी कुनै नोक्सानी र गुठी धर्मलोप गरेमा अरु गुठियार भए निजहरूले गुठी सम्पत्तिमा उजूर गर्न पाउने हक सुरक्षितै रहने र पहिले पनि गुठी धर्मलोपमा वादीले नै उजूर गरी प्र.राधामायाले गराई लिएको फार्छे लिखत बदर गराएको समेत हुँदा अहिले वादीमात्रको उजूर पुग्न नसक्ने भन्न भएन। (प्रकरण नं. १४) (४) घर पसलको बाहाल दावा अनुसार होइन भन्ने सबूद नभएमा–उक्त घर पसलमा बहालमा बसिसकेको व्यक्ति र साक्षीहरूको बयानले सो दावा समर्थित हुन आएमा–उक्त दावी मुताविकको बाहाल बेमुनासिव भन्न नहुने । त्यति बाहाल आउने होईन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यस कुराको सबूद गुजार्न नसकेको र बुझिएका वादीका साक्षी २ जनाले रु.५०१। बाहाल जाने नै हो भनी बकेका प्र.राधामायाले नै देखाएको सो घरको पसलमा बस्ने भनेको कृष्णकुमारको छोरा जगतलालले पसलको दिनको १। रुपैंयाका दरले बाहाल तिरी पहिले बाबु कृष्णकुमार र ०१४ सालमा बाबु मरेपछि आफु पनि २।३ महिना बसेको पछि राधामायाले उठाएको हुन् भनी पसलमात्रकै पनि उसबेला बर्ष १ को रु.३६०। बाहाल देखाई बयान गरेको समेत देखिन आएकोले पुरै घर पसल समेतको रु.५०१। का दरले दावी गरेको बेमुनासिव भन्न मिलेन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.491
मुद्दाको विषयबहाल भराई घर चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2026/03/24
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 491
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्