नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 490 · वि.सं. २०२६

नि.नं. 490 — जालसाजी लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै लिखत सम्बन्धित अड्डाको कर्मचारीहरू मिली कीर्ते जालसाज गरेको प्रमाणित गर्न नसकेमा–उक्त लिखत पास भएको मितिभन्दा पहिले नै जालसाज गरी खडा गरेको भनेमा–सो लिखत कीर्ते जालसाजको परिणम भन्न नहुने । कानूनबमोजिम मालका हाकिम कारिन्दाहरू उपर उजूर गर्ने स्वीकृति पाउन र उजूर गरी कीर्ते जालसाज ठहराउन समेत नसकी उक्त मालको कारवाहीहरू आफ्नो स्थानमा कायम नै रहेको समेत हुनाले पहिले नै मालमा दरखास्त साथ नक्कल पेश भई दाखिल दर्ता समेतको कारबाही ०१५।५।१९ सम्ममै टुंगिसकेको उक्त लिखतहरू आफ्नो लिखत ०१५।५।२६ गते पास भइसकेपछि ०१५।९।१५ गते मात्र अगाडिका मिति हाली खडा गरेको जालसाजी भन्नेसमेत वादीको उपरोक्त लेखाई साँचो देखिन आएन । (प्रकरण नं. १०) (२) एकतर्फको दावी लिएमा–अर्कोतर्फ निर्णय दिन नपर्ने–बन्धकीको निम्ति व्यवस्था तत्कालिन साहू आसामीको २७ नं. राजीनामा लिखतमा लागू नहुने । अगाडिको मिति हाली पछि खडा गरेको जालसाजी भनी जालसाजीमा मुख्य दावी लिएको यस मुद्दाबाट दोहोरो तर्फ निर्णय दिने कुराको प्रसंगै उपस्थित नभएको र बन्धकी परेको चल अचलको लागि भएको उक्त तत्कालिन साहू आसामीको २७ नं.को व्यवस्था दुवैतर्फ राजीनामा लिखतहरू मात्र भएको यस मुद्दामा लागू हुन पनि नसक्ने समेत हुँदा उक्त तर्कहरू तथ्ययुक्त देखिएन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.490
मुद्दाको विषयजालसाजी लिखत बदर
निर्णय वर्ष / मिति2026/03/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 490
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्