नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 503 · वि.सं. २०२६

नि.नं. 503 — पैनी तोडी दियो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेमा–सो कायमै रहेको स्थितिमा तल्लो अदातल (जस्तोःइलाका) लाई केही गर्न (जस्तो : नक्सा गर्न) भएको आदेशानुसार सो गर्न निज (पुनरावेदक) रोहवरमा राख्नु पर्ने भई झिकाई उक्त तल्लो अदालतमा तारिखमा रहँदा गुजारेको तारिख सर्वोच्च अदालतबाट तोकेको तारिख गुजारेको पटकमा उपरोक्त गुज्रेको तारिखको पटक गाभ्न नहुने । निवेदक प्रतिवादी हरीप्रसादले पहिले तारिखमा नबस्ने गरी धरौटी पुनरावेदन गरेको सो धरौटी कायमै रहेको अवस्था आदेशबमोजिम नक्सा गर्न तत्कालिन विराटनगर इलाका अदालतलाई लेखी गएकोमा नक्सा गर्दा रोहवरमा राख्नुपर्ने भनी उक्त इलाका अदालतबाट झिकाई तारिखमा राखेकोमा ०२०।५।१७ को तारिख पहिलापटक गुज्रेको पनि धरान जि.अ.को ०२०।५।२० को तोकबमोजिम विराटनगर इलाका अदालतमा पहिले थमाएको भए पनि धरौटी पुनरावेदनको तारिखमा बस्न पाउँ भनी ०२१।३।२३ मा मात्र निवेदन दिई तारिखमा रहेको समेत हुनाले सर्वोच्च अदालतबाट तोकिएको तारिख गुजारेकोमा नक्सा गर्ने कामको लागि विराटनगर इ.अ.बाट तोकिएको तारिख गुजारेको पटक गभ्याउन नमिल्ने प्रष्टै छ । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.503
मुद्दाको विषयपैनी तोडी दियो भन्ने
निर्णय वर्ष / मिति2026/05/13
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२६, नि.नं. 503
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्